एजेन्सी,,
मलेसिया:=मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दशजना नयाँ मन्त्री थपेर अाफ्नाे मन्त्रीमण्डल विस्तार गरेका छन् । बिहीबार प्रधानमन्त्रीकाे सपथ लिएका ९२ वर्षे महाथिरले विपक्षी गठबन्धनको समर्थनमा सरकार निर्माण गरेका हुन्।
तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली उनले बिहीबार नै दिएका थिए । शुक्रबार प्रधानमन्त्री माहाथिरले अर्थ, गृह, शिक्षा, बहुसञ्चार, विज्ञान र सार्वजनिक सडक मन्त्री नियुक्त गरेका हुन् । आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताएका छन् ।
यसअघिका प्रधानमन्त्री नाजीक रजाकको सरकारमा धेरै मन्त्रीहरु रहेका तथा भ्रष्टाचार बढेको भन्दै निकै आलोचना भएको थियो । साेही अलाेकप्रियताका कारण उनकाे यस चुनावमा पराजय भएकाे बताइन्छ । तर महाथिरले चाहिँ चुस्त सरकार निर्माण, पारदर्शिता र सुशासन कायम गर्ने बताउँदै अाएका छन् ।

