आर एन चौधरी थारु,,
मेइ १२ तारिख/शनिबार/मलेसिया:=मलेसियामा गाडीको ठक्करबाट एक नेपाली कामदारको दु:खद निधन भएको छ्।
मलेसियाको दोस्रो ठूलो प्रान्त जोहोरबारु स्थित सुपरमार्केटमा सुरक्षागार्डमा कार्यरत नेपालको ठेगाना सखुवासभा जिल्ला सन्धिखर्क पाँचखपन ९ निवासी दावा छिरी शेर्पाको शुक्रबार बिहान करिब ३:१० बजे तिर ड्युटीमै मार्केटको गेट नीर बसि रहेको अवस्थामा यहाँ मलेसियाकै एक स्थानीेयले गाडिले ठक्कर दिदा टाउकोमा गम्भीर चोट लागेकोले घटना स्थलमै शेर्पाको मृत्यु हुन पुगेको मृतक संगै सोही कम्पनीमा काम गर्ने दुर्गा गुरुङले जानकारी दिनु भयो।
जानकारी अनुसार गाडी चालकले अत्याधिक मात्रामा मदिरा सेवन गरेकोले गाडी अनियन्त्रित भैइ दुर्घटना हुन पुगेको आशङ्का गरिएको छ।
एकदमै मिलनसार स्वाभाव रहेको मृतक शेर्पा बिगत ४ बर्ष देखि ज्यापुडा नामक सेक्युरिटी कम्पनीमा कार्यरत हुनु हुन्थ्यो।स्यानै हुदा बुवा आमा समेत गुमाएका हाल मृतक शेर्पाको घरमा उनका श्रीमति र तीन जना छोरा छोरी रहेका भने मृतकको शव पोस्टमार्टमको लागी अस्पताल लगिएको छ।
केही महिना अगाडि देखि मलेसियामा विभिन्न कारणले नेपाली कामदारको मृत्युु हुनेको चाप दिन प्रती दिन बढ्दै गैइ रहेको छ।
केही महिना अगाडि देखि मलेसियामा विभिन्न कारणले नेपाली कामदारको मृत्युु हुनेको चाप दिन प्रती दिन बढ्दै गैइ रहेको छ।


