दूतावास मलेसियाले जारी गरे विशेष सूचना /रुमबाट बाहिर निस्के हुन सक्छ दुर्घटना !

Tuesday, 8 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,,
क्वालालम्पुर/मलेसिया:=यहि मैइ महिनाको बुधबार ९ तारिख २०१८ को दिन मलेसियामा आम चुनाव हुन गईरहेकोले उक्त दिन उच्च सुरक्षा परिचालित हुने, दंगा वा झडप हुन सक्ने, प्रहरीले धरपक्कड गर्न सक्ने भएकोले नेपाली दुतावासले सतर्कता अपनाउन सुझाव दिदै सुचना जारी गरेको छ ।

केही काम परेर अथवा कुनै कारणले सम्पूर्ण नेपाली कामदारहरुलाई उक्त दिन आफ्नो होस्टल र कम्पनी भित्रै बस्न र बाहिर ननिस्कन हुन दूतावासले जारी गरेको उक्त सुचनामा अनुरोध गरिएको छ।साथै मलेसियाको कानुुन अनुसार नेपाली कामदारहरुले कुनै पनि राजनितिक गतिविधि गर्न पाईने छैन ।

उक्त दिन कुनै कार्यक्रमको लागी भेला हुने, अपरिचित व्यक्तिले अर्हाएको कुनै काम गर्ने, लाईन बस्ने, होहल्ला गर्ने,जथाभावी मादक पदार्थ सेवन गरि लडाइ झगडा गर्ने लगाएतका गतिविधी नगर्न पनि नेपाली कामदारहरु लाई आग्रह गरेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu