राम अवतार चाैधरी,,
कपिलवस्तु:=थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुले बाणगंगा नगरपालिकामा सराेकारवालाहरूबीच सम्मान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएकाे छ ।
अाज बसेकाे व्यवस्थापन समितिकाे बैठकले कपिलवस्तु शाखा र बुद्ध सनेस साप्ताहिककाे संयुक्त अायाेजनामा बाणगंगा नगरपालिकाकाे नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरुलाई सम्मान तथा सराेकारवाला थारु अगुवाहरूबीच अन्तरक्रिया कार्यक्रम यहि असाढ ९ गते दिउसाे ११ बजे गजेहडामा गर्ने निर्णय गरेकाे हाे ।
यसैबीच जेठ ११ र १२ गते नवलपरासीको अमलटारीमा बसेकाे थारु पत्रकार संघ नेपालकाे केन्द्रीय समितिकाे बैठकमा उपस्थित हुनुभएका कपिलवस्तु शाखा अध्यक्ष श्याम सि.टीले त्यहाँ भएका कार्य समिक्षा प्रस्तुत गर्नुभएकाे थियाे । प्रदेश न.५ काे प्रदेश स्तरीय थारु पत्रकार संघ नेपालले केन्द्रीय सम्मेलन तयारीकाे लागि यहि असारमा बाँकेको नेपालगन्जमा कार्यक्रम अायाेजन गरेकाे छ ।
उक्त कार्यक्रमका लागि कपिलवस्तु शाखाबाट व्यवस्थापन समितिकी काेषाध्यक्ष सीमा थारु र सदस्य सिर्जना थारुलाई प्रतिनिधि पठाउने निर्णय भएकाे शाखा अध्यक्ष सि.टीले बताउनुभयो ।