हेटौंडा:=थारु महिला सभा केन्द्रको दोस्रो महाअधिबेशन हेटौंडामा सुरु भएको छ।
थारु समुदायको माउ संस्था रहेको थारु कल्याणकारीणी सभाको भात्री संस्था थारु महिला सभा केन्द्रको दोस्रो महाधिवेशन हेटौंडा बजार नगर परिक्रमा गरि ,विभिन्न नारा जुलुस र्यालीको साथ सुरु भएको हो।
र्यालिमा सहभागी देशभरका थारु महिलाहरुले टीकापुर घटनाको झुठो मुद्दा खारेजी गर्न ,सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्र दिन र सपथ ग्रहणको ब्यवस्था गर्न जोड्दार माग गरेको छ।
" थारू महिला सभाको राष्ट्रिय महाधिवेशन सफल पारौं ,थारू महिलाहरुको हकअधिकार सुनिश्चित गर,थारू महिला एकता जिन्दावाद,टीकापुर घटनाको झुठो मुद्दा खारेज गर,साँसद रेशम चौधरीलाई तुरुन्त रिहा गर,जातीय विभेद अन्त्य गर ! लगायतका नारा जुलुसको साथ हेटौंडा बजार नगरपरिक्रमा गरेको र्यालिमा सहभागी महेश चौधरीले जानकारी गराउनु भयो।
यस् दोस्रो महाधिवेशन हालका अध्यक्ष हरि देवी चौधरीको सभापतित्वमा भैइ रहेको छ्न भने प्रमुख अतिथिमा माननीय मदम नारायण चौधरी र विशेष अतिथिमा प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी ,थाकसका पदाधिकारी,थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरी लगायतको विभिन्न थारु संघसंस्थाको पदाधिकारीहरु,थारु महिलाहरुको भब्य उपस्थिति रहेको छ।