राजापुर बर्दियामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

Friday, 29 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
बर्दीया:= कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन  र कृषि विकास शाखा राजापुर बर्दिया साथै गुड नेवर्स इन्टरनेशनल नेपालको साझेदारी संस्था सोनाहा विकास समाज बर्दिया को संयुक्त समवन्वयमा तथा आयोजनामा “राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव—२०७५”  आसार १५ गते भब्यताका साथ राजापुर नगरपालिका वार्ड नंं—७, भिम्मापुर बर्दियाका अगुवा कृषक तथा समाजसेवी  श्री पहारी लाल थारुको खेतमा कृषक, समुह, सहकारी, बिभिन्न संघ संस्था, कार्यालय तथा समाजसेवीहरुको उपस्थितीमा भब्य रुपमा धान दिवस मनाइएको छ ।

“धान उत्पादनमा बृद्धि, राष्ट्रको समृद्धि”  भन्ने मुल नाराका साथ धान दिवसमा ¥याली कार्यक्रम भिम्मापुरमा पहारी लाल थारुको घरबाट सुरु भई खेत सम्म उक्त ¥याली गरि मेसिनबाट धान रोपाई प्रबिधिको अवलोकन तथा रोपाई कार्यक्रम भएको थियो ।दिवसको कार्यक्रमको प्रमुख अतिथि प्रदेश संसद माननिय श्री दिपेश थारु ज्यु रहनु भएको थियो । भने बिशिष्ट अतिथि पुर्व सभासद माननिय श्री मान बहादुर थारु ज्यु रहनु भएको थियो । भने उक्त कार्यक्रममा नगरपालिकाको नगर प्रमुख तथा धान सुपर जोनको अध्यक्ष श्री शिव प्रसाद चौधरी ज्युको सभा अध्यक्षमा धान दिवसको कार्यक्रम भएको थियो । 

कृषि प्रधान हाम्रो देशमा खाद्यन्नको रुपमा सबै भन्दा बढि उत्पादन धानको रहेको र अब कृषिमा यान्त्रीकरणको धेरै महत्व रहेको र धानको उत्पादन बृद्धिबाट नेपाललाई खाद्यान्न सक्षम, समृद्ध राष्ट्र बनाउन सकिने र राजापुर क्षेत्रमा धानको भण्डारणकोलागि आवश्यक कार्यक्रम बनाइ रहेको जानकारी  प्रदेश संसद माननिय श्री दिपेश थारु ज्युले जानकारी गराउनु भयो ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu