आदर्श कोतवाल गाउँपालिकामा प्रथम मेयर कप सञ्चालन हुने

Friday, 29 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
नूर आलम बादशाह,,
सिम्रौनगढ़:=आदर्श कोतवाल गाउँपालिकामा आदर्श युवा क्रिकेट क्लवको आयोजनामा श्री राम चरित्र उच्च माविको खेल मैदानमा प्रथम मेयर कप हुने भएको छ ।
क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि क्रिकेट खेल हुने जानकारी गराएको हो ।

विगत ४/५ वर्षदेखि बाराको आदर्श कोतवाल गाउँपालिकामा क्रिकेट सम्बन्धि स्तरीय प्रतियोगिताहरु संचालन नहुँदा यहाँका क्रिकेट खेलाडीहरु पलायन हुने स्थितिमा पुगेका छन्। आदर्श कोतवालमा अहिले क्रिकेटसम्बन्धि गतिविधि शुन्य अवस्थामा रहेको छ । जिम्मेवार निकायबाट क्रिकेटसम्बन्धि कुनै प्रतियोगिता नहुंदा आदर्श कोतवालका क्रिकेट प्रतिभाहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुग्ने अवसर समेत गुमाइरहेका छन् ।आदर्श कोतवालको क्रिकेट सम्बन्धि बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै आदर्श युवा क्रिकेट क्लब चिऊटहाले गाउँ पालिकाको क्रिकेटलाई पुनः चलायमान बनाउन र आदर्श कोतवालमा क्रिकेटको संस्कार बसाउनका लागि गाउँपालिका स्तरीय प्रथम मेयर कप २०७५ संचालन गर्न लागीएको जनाएको छ ।

क्रिकेटमा राम्रो गर्न सक्ने खेलाडीहरुलाइ राष्ट्रिय स्तरसम्म पुग्ने प्लेटफर्म बनाउनका लागि पनि यो सुरुवात आबश्यक रहेको आदर्श कोतवाल गाउँ पालिका अध्यक्ष मुस्तुफा अन्सारीले बताए ।
आदर्श कोतवाल गाउँपालिका कै प्रतिष्ठासंग जोडिएको यस प्रथम मेयर कप २०७५ लाई सफलतापुर्वक सम्पन्न गर्नका लागि गाउँपालिका स्थित सम्पुर्ण ब्यक्ति, संघसंस्था, निकाय तथा शुभचिन्तकहरुलाई उप प्रमुख पूनम देवी साहले आग्रह गरेकी छन ।

यहि आषाढ़ १६ देखि २३ गते सम्म खेल हुने आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
खेलमा आठ वटा टीमले भाग लिने जनाइएको छ ।
खेलमा विजेता हुनेलाई कप प्रदान गरिने आयोजक कमिटीले जानकारी दिएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu