राम अवतार चाैधरी
कपिलवस्तु;=अन्य जिल्लासँगै कपिलवस्तुका थारु कलाहरूले पनि सांगीतिक क्षेत्रमा निरन्तरता दिइएका छन् । त्यस मध्य निकै मीठो स्वरका धनी तथा नव थारु गायक रन्जित थारुकाे "दिल कहे बार-बार" थारु म्युजिक भिडियो सार्वजनिक भएकाे छ । जुन म्युजिक भिडियो यूटुव चायनहरूमा निकै चर्चा पाइरहेको बताइएको छ ।जसमा स्वर रन्जित थारुकाे रहेकाे छ, भने शब्द र संगीतमा सावन मर्चाहा थारु रहेका छन्, एरेन्जर गणेश चाैधरीकाे रहेकाे छ भने त्यसैगरी अभिनयमा चन्द्र चाैधरी र सुनिता चाैधरी रहेका छन्, साथै निर्देशन बिवश चाैधरीकाे रहेकाे छ ।
कपिलवस्तु बुद्धभुमि नगरपालिका-२, गाेरुसिङ्गे निवासी गायक थारु सांगीतिक क्षेत्रका अनेकाै चरण पार गरेर अाएका छन् । लगभग १० बर्षकाे सांगीतिक अवधिमा उनले थारु भाषाकाे कलयुगके परी एल्बममा पहिलाे संगीत "ताेंहके देख्के जियरा धड्केला" भन्ने थारु गीत गायका थिए । साथै अबक दिनमा चाडैं नै कार्य प्रगति हुने पनि उनले बताए । यसैगरी सांगीतिक क्षेत्रलाई मध्यनजर गरि २०६५ सालमा तिनाउ थारु अाइडल पनि प्राप्त गरेका हुन् । सांगीतिक क्षेत्रका साथै थारुले बुद्ध अावाज रेडियोमा करिब ५ बर्ष सम्म कार्यक्रम प्रस्ताेताका रूपमा कार्यरत समेत रहेका थिए ।
यसैगरी विगत १२ बर्ष देखि सांगीतिक क्षेत्रमा लागेका अर्का चर्चित गायक कपिलवस्तुकै बाणगंगा न.पा.२ निवासी खेम चाैधरी अाफ्नै स्वर लगायत सीमान्त चाैधरीकाे एकदमै लाेकप्रिय अावाजमा सजिएकाे गीत "लभ हाेगइल" बाट निकै चर्चामा अाएका थिए । हाल पनि अाफ्नै अावाज र समिक्षा चाैधरीकाे सुमधुर सांगीतिक अावाजमा सजिएको "खन-खन चुरिया खनके" थारु म्युजिक सार्वजनिक भएकाे छ । साे गीतबाट चर्चित गायक चाैधरी फेरि पनि निकै चर्चामा नअाएका भने हाेइनन् ।
जसमा शब्द कृष्ण चाैधरीकाे रहेकाे छ, संगीत गणेश चाैधरीले दिएका छन् भने संगीत संयाेजन प्रकाश के.सी.काे रहेकाे छ, डिरिम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हाे भने उक्त म्युजिककाे भिडियो छिट्टै नै अभिनय हुने तयारी रहेकाे गायक चाैधरीले बताएका छन् ।
Home
Culture
News
Photos
Videos
सांगीतिक क्षेत्रमा कपिलवस्तुका थारु कलाकारहरू निरन्तरता दिँदै (भिडियो सहित हेर्नुहोस्)