थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित

Wednesday, 6 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गत जुरी अवार्ड पाएको हो।
मंगलबार राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा कानुन  तथा न्यायमन्त्री शेरबहादुर तामाङले  अवार्ड प्रदान गरेका थिए। उक्त अवार्ड पाएर खुसी लागेको चौधरीले बताए। यस थारु भाषाका अन्य गीतहरु पनि रचना गर्न प्रेरित गर्ने उनले बताए। चौधरीले थारु भाषाको पहिलो फिल्म करम निर्माण गरेका थिए।
थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक चौधरीले वृत्तचित्र मन्दरा र थारु भाषाको फिचर फिल्म भूरभूरा रहर निर्माण गरेका छन्। भूरभूरा रहको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ।उनीसँगै संगीतकार विकास चौधरी र गायिका समीक्षा चौधरी पनि अवार्डबाट सम्मानित भएका थिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu