नवलपरासी पश्चिममा थारु पत्रकारको १६औं शाखा विस्तार/पदाधिकारीमा सबै महिला पत्रकार

Saturday, 23 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नवलपरासी:=नवलपरासी (पश्चिम)मा थारु पत्रकार संघ नेपालको १६औं शाखा विस्तार भएको छ। रेडिया परासीमा कार्यरत पत्रकार रेनुका चौधरीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। यो कार्यसमितिको सबै पदाधिकारीमा महिला पत्रकारहरुमात्र छन्।
संघका केन्द्रीय अध्यक्ष मदन चौधरीको प्रमुख आतिथ्यमा भएको पहिलो भेलाले उपाध्यक्षमा सरस्वती चौधरी, सचिवमा प्रतीमा चौधरी, कोषाध्यक्षमा सन्ध्या महतो निर्विरोध चयन भएका हुन्।त्यस्तै सदस्यमा सुनैना चौधरी, शान्ति चौधरी, विमला चौधरी, अमृता चौधरी छन्। नयाँ कार्यसमितिले एक जना सदस्य मनोनित गर्ने जनाएको छ। भेलाले सोनकली चौधरीलाई सल्लाहकार चयन गरेको छ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष मदन चौधरीले थारु पत्रकार संघ नेपालले थारु पत्रकारको हकहितमा काम गर्नुको साथै थारु समुदायको भाषा, संस्कृति, रहनसहन, भेषभुषा प्रवर्द्धन र थारु समुदायमा रहेका विभिन्न मुद्दाहरुको उठान गर्दै आएको बताए।कार्यक्रमा थारु अगुवा पुरन प्रसाद चौधरीले पत्रकारिता जटिल पेसा भएको भन्दै थारु समुदायमा रहेका मुद्दाहरुलाई थारु पत्रकारहरुले उजागर गर्नुपर्ने बताए।
त्यस्तै थारु वकिल रमेश चौधरीले पत्रकारहरु समाजको ऐना बन्नुपर्ने बताए। उनले पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धि गर्नुका साथै समाजका कूरिति कूप्रथाहरुलाई हटाउन भूमिका खेल्नुपर्ने बताए।त्यस्तै थारु लेखक संघका सदस्य बालिका चौधरीले समाजमा महिलाहरुलाई धेरै गाह्रो रहेको भन्दै आइपर्ने हरेक समस्यालाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताइन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu