कोल्हवी नगरपालिका भित्र रहेका सम्पूर्ण प्र.अ साथै प्रतिनिधी हरुलाई आशन ग्रहण गराएको थियो साथै गोबिन्द पैडेल , बारा उघोग बाणिज्य संघ शाखा कोल्हवीका अध्यक्ष महेश कुमार साह, कोल्हवी नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उदघाटन कोल्हवी नगरपालिकाको नगर प्रमुख भण्डारी र वडा नम्बर ६ का वडा अध्यक्ष पुरनदेव चौधरीले सयुक्त रुपमा मैन बति बाली गरेका थिए । कार्यक्रममा अतिथीहरुलाई पिपलको व्याच र पातकै माला लगई दिएको थियो ।
नगर प्रमुख भण्डारीले सरसफाईको प्रमाणपत्र वडा नं. ६ का वडा अध्यक्ष चौधरीलाई प्रदान गरेका थिए । थिए भने वडा अध्यक्ष चौधरीसंगै वडा वासीले अब देखि बाहिर सौच नगर्ने सपथ लिएको थियो ।