डेंगुरोग नियन्त्रणमा नआएपछि चितवनको प्रभावित क्षेत्रमा खोज र नष्टगर अभियानको तयारी

Saturday, 23 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सन्तकुमार चौधरी,,
चितवन:= डेंगु रोग नियन्त्रणमा नआएपछि डेंगु रोगको प्रभावित क्षेत्र रहेको चितवनमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानको तयारी भइरहेको छ । असार ११ गतेदेखि भरतपुर महानगरपालिका सहित पूर्वी चितवनको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाका प्रभावित वडाहरुमा यो अभियान गर्न लागिएको हो । 
जनस्वास्थ्य कार्यालय चितवनका भेक्टरकन्ट्रोल निरीक्षक राम केसीका अनुसार प्रत्येक नगरपालिकामा तीन –तीनदिन सम्म यो अभियान चल्ने छ ।
अभियानलाई प्रभावकारी बनाउन भरतपुर महानगरपालिका सहित सबै नगरक्षेत्रमा परिचालन हुने स्वयमसेवकहरुलाई लामखुट्टेको बासस्थानको पहिचान गरी नष्टगर्ने विधिको बारेमा जानकारी दिन सुरु गरिएको छ । विहीवार रत्ननगर क्षेत्रका स्वयम सेवकहरुलाई डेंगुरोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको छ । यसै गरी अन्य नगरपालिकाहरुमा पनि अभियान सुरुहुनु पूर्व अभियानमा सहभागीहुने स्वयम सेवकहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम संचालन गरिने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यो पटक खोज र नष्टगर अभियानमा रत्ननगरको ८ वटा वडामा गरिने छ । जसमा ४० जना स्वयमसेवकहरु परिचालन हुँदैछन भने कालिका नगरपालिकाको बजार क्षेत्रमा मात्रै अभियान संचालन गरिने छ । कालिका नगरपालिकामा १० जना स्वयमसेकहरु परिचालन हुँदैछन । उता खैरहनी नगरपालिकामा १८ जना परिचालन हुँदैछन । यस्तै राप्ती नगरपालिकामा भने ३० जना स्व्यमसेवकहरु परिचालन हुँदैछन् ।
गतवर्ष २०७४ ÷ ०७५ मा १२ सय ९१ जनाको रगत परीक्षण गरिएकोमा ५८ जनामा डेंगुको संक्रमण पाइएको थियो । जस मध्ये ३२ जना चितवनका थिए । यस अघि २०७२ ÷०७३ मा गरिएको परीक्षणमा ६ सय ८७ जनामा संक्रमण देखिएको थियो । ति मध्ये ४ सय ८० जना पूर्वी चितवनको रत्ननगर क्षेत्रका थिए ।((०))
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu