कला क्षेत्रमा छुट्टै पहिचान बनाउदै मोडल शम्भु मोक्तान तामाङ ( भिडियो सहित हेर्नुहोस् )

Saturday, 23 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मलेसिया :=नेपाली कला क्षेत्रमा छुट्टै पहिचान बनाउदै अगाडी बढिरहेका मोडल शम्भु मोक्तान तामाङको नया म्युजिक भिडियो यति बेला सार्वजनिक भएको छ | उनि अभिनित यस म्युजिक भिडियोको गीतको बोल भने “चोट लाग्यो” रहेको छ | आधुनिक शैलीको यस गीतमा कोष बोम्जनको शब्द, आर.बि लामा र कोष बोम्जनकै संगीत र तारा लक्सम लिम्बुको स्वर समावेश रहेको छ | यस्तै गीतको अरेन्ज गर्ने काम भने टेकेन्द्र शाहले गरेका हुन् | आधुनिक मार्मिक शैलीको यस गीतमा प्रेम र बिछोडको विषयमा चर्चा गरिएको छ भने भिडियोले पनि गीतको भावलाई निकै सुन्दर शैलीमा उतारेको छ | भिडियोले यति बेला युटुबमा दर्शकहरुको राम्रो साथ पाईरहेको छ | दर्शकहरुबाट प्राप्त प्रतिक्रियामा अधिकांश रुपले मोडल शम्भु मोक्तान तामाङको अभिनयको बारेमा चर्चा गरिएको पाईएको छ | हुन त उनले आफ्नो पछिल्लो भिडियोमा पनि आफ्नो अभिनय क्षेमता देखाईसकेका छन् तर यस गीतको भिडियोमा भने उनलाई अझ फरक शैलीमा देख्न सकिन्छ |

उनले आफ्नो अभिनयलाई निखार्दै लागिरहेको पनि यसमा प्रष्ट देखिन्छ | गीतको भिडियोको सम्पूर्ण छायांकन भने मलेसियामा गरिएको हो | भिडियोमा पनि मलेसियाको रमणीय वातावरणको दृश्य प्रष्ट देख्न सकिन्छ | त्यस्तै भिडियोमा शम्भु संगै शान्ति बान्तवा राई र ताशी शेर्पाको समेत अभिनय रहेको छ | कोष बोम्जनको छायांकन रहेको भिडियो निर्देशन भने मोडल शम्भु मोक्तान तामाङले आफै गरेका हुन् | उनले आफ्नो अभिनय कला संग संगै म्युजिक भिडियो निर्देशनमा समेत आफुलाई अगाडी बढाउदै लगिरहेका छन् | उनको प्रयास धेरै हदले सफल समेत भएको छ | उनले आफुले नया नया कामको अनुभव लिएको बताएका छन् | यसले आफुलाई आफ्नो प्रतिभामा पनि निखार लिएर आउन मदत गरेको उनको भनाई रहेको छ | दर्शकहरुबाट प्राप्त प्रतिक्रियाबाट नै आफुले आफ्नो अभिनयमा सुधार गर्दै लगेको उनले उल्लेख गरेका छन् |


उनको अभिनय यात्राको सुरुवात नेपालबाट नै भए पनि पूर्णता भने मलेसियाबाट पायो | यसको अर्थ उनले अफिसियल रुपमा आफुलाई नेपाली कला क्षेत्रमा उतारेका भने मलेसियाबाट नै हो | हाल उनि मलेसियामा नै बसेर यस क्षेत्रमा दुख गरिरहेका छन् | उनको एक पछि अर्को गर्दै नया नया म्युजिक भिडियो बजारमा आईरहेको छ | सरसर्ती हेर्दा विदेशमा बसेर यसरी लागिपर्नु भने सानो कुरा भने पक्कै होइन | तर उनले सबैतिर समयको व्यवस्थापन गरेर यस क्षेत्रमा आफ्नो समय खर्चिरहेका छन् | उनले तामाङ चलचित्रमा समेत काम गरिसकेका छन् | अझ एक हिसाबले भनौ भने त उनको नेपाली कला क्षेत्रमा अभिनयको यात्रा सुरु भएको नै उक्त तामाङ चलचित्र मार्फत नै हो | यस्तै आगामी दिनमा फेरी पनि चलचित्रमा काम गर्न सक्ने सम्भावनाको संकेत उनले दिएका छन् | तर कुन चलचित्र अथवा कस्तो भूमिकामा भन्ने बारे भने उनले अहिले नै मुख खोलेका छैनन् | उनको आगामी दिन नेपाली कला क्षेत्रमा यात्रा कस्तो रहने हो त्यो त समयले नै बताउने छ | तर यति बेला भने उनले आफ्नो नया प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि उनले सबै दर्शकहरु संगै अनुरोध गरेका छन् |
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu