दुर्घटनामा परी मृत्यु भएको सोनम चौधरीकी तीन वर्षीया छोरीलाई दश लाख क्षतिपूर्ति

Saturday, 9 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो,,
चितवन:=थ्रेसर दुर्घटनामा परी मृत्यु भएको सोनम चौधरीको अफन्तजन र सवारीधनी बीच आपसी सहमति भएपछि आज मृतकको पोष्टमार्टम गरी अत्यष्टि गरिएको छ । 
सवारीधनीले पीडित पक्षलाई क्षतिपूर्ति तथा राहत स्वरुप दश लाख र क्रियाखर्च बापत पचास हजार दिने आपसी सहमति भएपछि शवको पोष्टमार्टम गरी अन्त्यष्टि गरिएको हो । 

उक्त सहमति थारु कल्याणकारिणी सभा चितवनको मध्यस्थता तथा रोहबरमा भएको थियो ।
सवारीधनीका पक्षबाट बोल्नेहरुले भने, “यो घटना जानीबुझी घटाइएको नभइ अचानक घट्न गएको दुर्घटना हो । दुर्घटना कहिल्यै पनि नियतवश घटाइँदैन । मृतककी बिचल्लीमा परेकी छोरीको भविष्यका लागि उनकै नाममा दश लाख राहत तथा क्षतिपूर्ति दिन मन्जुर छौं ।”

क्षतिपूर्तिबारे आपसी सहमति भए पनि जिल्ला प्रहरी कार्यालयले जाहेरीमा किटान गरिएको व्यक्ति फरक पर्न गएकाले जाहेरी लिन मानेनन् । गत जेठ २३ गते ट्रयाक्टरमा थ्रेसर जोडी धान दाइँ गरिरहेको बेलामा थ्रेसर ब्याक भइ सोनम चौधरीको मृत्यु भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu