करिब ५५ हजार मलेसियन रिङ्गिट लिएर नेपाली महिला फरार

Friday, 15 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारू ,,
मलेसिया := मलेसियामा एक नेपाली महिलाले भारी रकम लिएर ( बेपत्ता )फरार भएका छ्न।
मलेसियाको पिटि स्विफ्ट नामक कम्पनीमा बिगत ४ बर्ष देखि कार्यरत सुनिता अधिकारी पासपोर्ट नम्बर ०७२२२२९७ भएको नेपाली महिलाले साथीहरु मिलेर समुहमा जम्मा गरेको मलेसियन रिङ्गिट करिब करिब ४० हजार रकम लिएर एक हप्ता अगाडि देखि सम्पर्क बिहिन भएका छ्न फरार रहेका छ्न भनेर सहकर्मी रमेश पौडेलले जानकारी गराउनु भयो।

पौडेलको भनाइ अनुसार पैसा लिएर फरार हुने महिला खासमा तिब्बतियन नेपाली नागरिक रहेको र फेसबुक नाम उनिक डोल्मा हुन। नेपाली भाषा प्रष्ट बोल्न सक्ने रोजगारीको लागी मलेसिया आउदा नेपाल बाटै सुनिता अधिकारीको नाममा पासपोर्ट बनाइ श्रम स्वीकृती लिइ मलेसिया आएका हुन।सो कम्पनीमा काम गर्ने नेपाली महिला श्रमिकहरुले मिलेर महिनैपिच्छे आफू लाई आएको पारीश्रमिक बापतको केही रकम बिश्वासको भरमा समुहगत तरिकाले जम्मा गर्दै आइ रहेको र सो  रकम फरार हुने महिला सुनिता अधिकारीलाई नै जिम्मा लगाउने गरेको ,बैंक एकाउन्टमा जम्मा गर्दै आइ रहेको थियो।पौडेलले पैसा खाएर फरार रहेका महिलालाई मलेसियामा कार्यरत नेपालीहरुले खोजी गरि दिनु हुन पनि अनुरोध गर्नु भयो।

केहि महिना यता मलेसियामा नेपालीहरुको विभिन्न कारणले मृत्युु हुने ,चोरिडकैती ,अपराधीक घटना बढ्दै गैइ रहेको छ।हाल भने नेपाल सरकारले नेपालीहरु लाई मलेसिया आउन बन्देज लगाएका छ्न।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu