कुलदिप चौधरी
सुनसरी:=सुनसरी रामधुनी नगरपालिकामा बाल बिबाह न्यूनीकरणका लागि चेतना मुलक सडक नाटक प्रस्तुत भएको छ । कम उमेरमै बालबालिहरु लाइ ललाइ फकाइ, धन सम्पति,गर गहानाको, लोभमा बिहाबारी अभिभावकहरु बाटै भै रहेको हुनाले चेतनाको निम्ती यो नाटक प्रस्तुति गरेको हो।
रामधुनी लाइ पुर्ण रुपले बाल मैत्रि न.पा. घोषणा गर्ने अभियानले वडा न.२ मा तितर वना, धमौरा, सिबनगर र कुम्याहिमा ह्जारो दर्शकहरुमाझ सो नाटक देखाएको थियो।
यस नाटक लाइ व डा वाल संरक्षण तथा सम्बर्धन उप समितिको आयोजना र युथ कृएसन सुनसरिले सहजीकरण गरेको थियो। यसैगरी यस नाटकलाइ वरिष्ठ नाटक कर्मी कुलदिप चौधरी र जानकी चौधरीको पहलमा देखाएको छ ।
यस कार्यक्रमका सम्योजक वडा बाल संरक्षण तथा सम्बर्द्धन उप समितिका राम कुमार मोची हुनु हुन्थ्यो भने युथ कृएसनका बाल मैत्री सहज कर्ता राज कुमार शाहले सहयोग पुर्याउनु भएको थियो। नाटकमा कलाकारहरुमा सिसिमा , बिन्जु , निर्जला ,निरुता , अनुसा,रुबि,सम्झना,सृजना ,निसान र ललिता चौधरी रहेको थियो। यसै गरि पारस राज धामी र बिक्रम सर्मा रहेका थिये। नाटक पर्दा खुले पछी सम्पुर्ण दर्शक हरुको अँखा रसाएका थिए । कम उमेरमै पिर ब्याथा खप्पन न सकेका बाल बिबाहित कन्याले ज्यान गुमाएको नाटककाे सारन्स थियो।

