हमार सनेस डटकम सहकर्मी,,
युएई:=२४अाैँ विश्व अादिवासी दिवस तथा अादिवासी जनजाति महाेत्सव २०१८ युएई दुबईमा हुने भएकाे छ । "पहिचान प्रतिनिधित्व र स्वायत्तताका लागि अादिवासी जनजातिको अडान, पहिचान सहितको संघीयका लागि संविधान संशोधन हाम्रो साझा अभियान" भन्ने मुल नारालाई सार्थक पार्नका लागि महाेत्सवकाे अायाेजना गर्न लागेको हो।
जातीय संघ-संस्थाहरूकाे छुट्टाछुट्टै साँस्कृतिक झाँकी, विविध साँस्कृतिक प्रस्तुति र विदेशी पाहुनाहरूकाे अागामन जस्ता अाकर्षण कार्यक्रमका मुख्य विशेषता रहेकाे बताएको छ । गुरुङ, तमाङ, मगर, लिम्बू, राई, नेवार, सेर्पा, थारु, माझी, भुजेल र सुनवार इत्यादि जातिका साँस्कृतिक झाँकी र विशेष प्रस्तुति समेत महाेत्सवकाे राेचक केन्द्र विन्दु रहने छ । अायाेजकले महाेत्सवमा अादिवासीहरू जनजातिहरूकाे पनि प्रतिनिधित्व हुनुपर्छ, हामी सबैकाे पहिचान हराउनु हुँदैन् अस्तित्व कायम गर्नुपर्छ । युएई दुबईमा रहेकाे अादिवासी जनजाति लगायत सम्पूर्ण नेपालीलाई एक्यवद्ध भई अघि बढ्नु पर्ने र वैदेशिक राेजगारी तथा राेजगारीकाे सिलसिलामा ज्यान गुमाउनुपरेको अवस्थालाई न्युनिकरणका साथै नेपाली संस्कृतिले विदेशीलाई अाकर्षित गर्ने कार्यक्रमकाे लक्ष्य रहेकाे छ । साथै युएई दुबईमा रहेकाे अासपासमा रहेका पायक पर्ने अादिवासी जनजाति लगायत सम्पूर्ण नेपाली दाजु भाइ दिदिबहिनी साे दिन महाेत्सवमा उपस्थित भईदिनुहुन अायाेजक टिमले अाग्रह समेत गरेकाे छ।
उक्त कार्यक्रम नेपाल अादिवासी जनजाति महासंघकाे युएईकाे मुख्य अायाेजनामा अगष्ट १० तारिख अर्थात् यहि साउन २५ गते एकदिने महाेत्सव कार्ल्टन टावर हाेटेल, देरा दुबई बनियास मेट्राे स्टेसन युएई दुबईमा हुन लागेकाे हाे।