गढीमाइ मेलामा दिइने दुई लाख पशुबली रोक्ने तयारी

Sunday, 1 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कृष्णउदास खनाल,,
वीरगन्ज:= धार्मिक हिसाबले महत्वपूर्ण मानिने गरेको बाराको महागढीमाई नगरपालिमा पर्ने गढीमाई मन्दिर पशुबधका हिसावले निर्क विवादमा समेत पर्ने गरेको छ। प्राचिन कालदेखिकै गढीमाई मन्दिरमा पशुहरुको बध गर्ने चलन रहदै आएकोमा बिगत केही बर्ष यता भने गढीमाइमा दिइने पशुबधको बिरोध हुने गरेको छ ।

प्रत्येक पांच बर्षमा एक पटक मेला लाग्ने गढीमाईमा दक्षिण एसियाकै बढी पशुहरुको बली दिइने स्थानमा रुपमा समेत ब्याख्या हुदै आएको छ । बिभिन्न पशु अधिकारवादीहरुले पछिल्लो समय गढीमाइमा दिइने पशु बलीको बिरोध गरेपछि सरकारले अब पशु बध रोक्नका लागि कानुन नै ल्याउन लागेको छ । मुलुकी ऐन परिमार्जनको तयारीमा रहेको सरकारले गढीमाइ सहित देशका बिभिन्न धार्मिक स्थानमा दिइने पुशबलीमाथि कडा रुपमा रोक लगाउने तयारी गरेको हो । कानुन मंत्री शेर बहदुर तामांगले हालै हेटौंडामा आयोजना गरिएको सातै प्रदेशका कानुन अधिकृत र मुख्य न्ययधिवक्ताहरुलाई यस बिषयमा जानकारी दिंदै भदौ १ गतेबाट यो कनुन लागू हुन लागेको जानकारी दिएका हुन् ।
सार्वजनिक मन्दिरमा दिइने बलीको बिषयमा सरकारले कडा कानुन बनाएको र भदौ १ गतेबाट लागू हुने कानुन मंत्री तामांगले बताए । उनले अब दशैंको समयमा बिभिन्न धार्मिक स्थानमा दिइने पशु बलीहरु पनि रोकिने बताए । यदी कसैले मन्दिरमा पशु बली चढाएको पाइएको फौजदारी कानुन मानी कसुर सजायं गरिने बताए । यो भनेको अपराध गरेर सरह सजायं हुने पनि उनको भनाइ छ ।

राष्ट्रिय कानुन आयोगका अध्यक्ष माधव पौडेलले पशुहरुको अधिकार रक्षाका लागि बली दिने चलनको अत्न्य गर्न लागिएको बताए ।धर्मका कती कतै बलीको कुरा उल्लेख नगरेका कारण मन्दिरमाहरुमा कुनैपनि बाहनाले दिइने बली रोक्न कानुन ल्याउन लागिएको बताए । बाराको गढीमाइ मन्दिरमा भने आगामी बर्ष फेरि मेला लाग्दैछ । कानुन मंत्री तामांगले गढीमाईमा अब कुनैपनि हालतमा पशु्को बली दिन नमिल्ने र जवरजस्ती गरिने कानुन अनुसार दण्डित गरिने बताए तर मन्दिरमा पुजारी मंगल चौधरीले यो परम्परा भएकाले तत्काल यो रोक्न कठिन हुने जिकिर गरे । गढीमाइमा पांच बर्षमा एक पटक मेला लाग्ने गर्दछ । एक महिनासम्म चल्ने मेलामा २ लाख बढी पशुहरुको बली हुने गरेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu