जनचेतना भन्दा सिप र स्वरोजगारलाई बढि जोड दिन्छु : उपाध्यक्ष गिता कठरिया

Friday, 29 June 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मंगल बास्कोटे,,

कैैैलाली:=आर्थिक बर्ष २०७४/७५ मा छुट्याईएका बिकासे योजनाहरु ९९ प्रतिशत सम्पन्न भईसकेको जोशिपुर गाउँपालिका उपाध्यक्ष गिता कठरियाले जानकारी दिनु भएको छ ।एफ.एम रेडस्टार संग कुराकानी गर्दै भन्नु भयो ‘चालु आर्थिक बर्षमा हामीले जति काम ग¥यौ ति सबै काम प्रभाबकारी भए । गाउँपालिकामा बिकासको सबै भन्दा पहिलो खुड्कीलो भौतिकपुर्वाधार देखिएको हुदा पहिलो प्रथामिकतामा भौतिकपुर्वाधारलाई दियौ र सोचे अनुरुप काम समेत सम्पन्न भयो। गाउँपालिका भरी ८६ कि.मि उच्चस्तरिय ग्राबेल सहित बाटोघाटो निर्माणमा गरिएको छ । जोशिपुर गाउँपालिका–२ मुलचन्द्रको घर देख ईन्द्रणी स्कुल सम्म १.५ कि.मी बाटो गाउँपालिकाबाट छुट्याईएको बजेट भन्दा पनि आफुलाई आउने सेवा सुबिधा कटाएर निर्माण गरिएको बताउनु भयो ।’
गाउँपालिकामा स्वास्थ्यपचारका दृष्टीले निकै पछि परेको जनताले निकै सास्थी भोगेको जर्जर अवस्थालाई मध्यनजर गरि गाउँपालिकाले वडा २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई फार्मेसि,अनमि,डन्टल एक्रे प्राबिकहरुको ब्यवस्थापन गरि जनता स्वास्थ्यको पहुच सम्म पु¥याएकोले स्वास्थ्यमा पनि महत्वपुर्ण उपलब्धी हात पारेको बताउनु भयो । महिलाहरुको सवालमा अभिमुखि करण तथा लैङ्गीक समानताका,समुह संस्थागत कार्यक्रम सम्पन्न गरेको बताउनु भयो ।स्थानिय सरकार आउनु अगाबैका कार्यक्रमहरु र अहिलेका कार्यक्रहरुमा आकास जमिनको फरक पाएको धारण राख्नु भयो । हिजोको दिनमा हचुवोको भरका कार्यक्रम गरिन्थ्यो भने अहिले आएर बास्वबिक रुपमा जस्को लागी हो त्यस्को पहिचान गरि मात्र कार्यक्रम गरिदा निकै फदायिक भएको छ । जनचेतना मुलक तथा अभिमुखिकरण तालिमका नाममा बर्षै पिच्छे बजेट आउने गर्दैछ ,तर ति तालिमहरुको उपलब्धी सोही तालिम हल भन्दा बाहिर देखिएको छैन । यो कुरालाई मध्य नजर गर्दै आत्म निर्भर र सिपमुलम तालिम दिएर जोशिपुर गाउँपालिका महिला,युवा,युवतिहरुलाई स्वरोजगार बनाउने बताउनु भयो ।जनचेतनाका नाममा बजेटको दुरुपयोग गर्ने परिपाटिको अन्त्य गर्दै महिलाहरुलाइ आत्मनिर्भर बनाउनको लागी दुना टपरीको तालिम आ.व २०७५÷७६ मा सञ्चान गर्ने बताउनु भयो । बिशेष गरि महिला हिंसा आर्थिक बिपन्नताले गर्दा हुने हुदा महिलाहरु आत्म निर्भर हुन जरुरी देखिएको छ । हाम्रो क्षेत्रमा ९५ प्रतिशत मानिस कृषि पेसामा आबद्ध छ । कृषि कार्यबाट उत्पादित बस्तुको उचित बजार पाउन सकेका छैनन् । उत्पादिन खाद्यन्न राख्नको लागी यस क्षेत्रमा चिस्यान केन्द्रको समेत अभाव रहेको छ । यो कुरालाई मध्यजनरी गरि यस क्षेत्रमा चिस्यान केन्द्र स्थापना गर्नको लागी प्रदेश र केन्द्र सरकार संग पहल गर्ने प्रतिबद्धाता जनाउनु भयो ।
गाउँपालिका स्तरिय गठित न्यायिक समितिले निकै राम्रो संग न्यायिक सम्पादन गर्न सफल भएको बताउनु भयो । न्यायिक जस्तो बोझिलो जिम्मेबारीले केहि समय त निकै अलमलमै परियो किन भने न्याय सम्बन्धि पोख्त जानकारी थिएन । कानुनी पाटोमा आफु अनबिज्ञ भएकोले पनि धेरै समय त बुझ्नै लाग्यो । तर पछि गएर रुडुक नेपालको ८ दिने मेलमिलाप तालिममा सहभागिताले न्याय सम्पादनमा मुर्त रुप लियो र अहिले सम्म १५ वटा देवानी प्रकृतिका मुद्धाहरु निरुपण गरेको बताउनु भयो । जम्मा न्यायिक समितिका २३ वटा देवानी प्रकृतिका मुद्धाहरु आएका थिए । बाकी ८ वटा मुद्धाहरु कार्यन्वयनको पाटोमा रहेको जानकारी दिनु भयो ।आगामी आ.व मा न्यायिक सम्पादनलाइ अझै प्रभाबकारी बनाउनको लागी कानुन विज्ञ राखिने बताउनु भयो । चालु आर्थिक बर्षमा भए गरेका सम्पुर्ण काममा पुर्ण पारदर्शि गराउनको लागी कुनै ठाउँ नचुकेको दाबी गर्नु भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu