थाकसको महाधिवेशन आन्दोलनको रुपमा मनाउने

Sunday, 1 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस)को २२औं महाधिवेशन असोज ६,७ र ८ गते हुने भएको छ। गतवर्ष नै हुनुपर्ने महाधिवेशन विभिन्न कारणले हुन सकेको थिएन। गत असार १४ गते बसेको थाकसको केन्द्रीय सभा बैठकले यो मिति तय गरेको हो। तर कुन ठाउँमा महाधिवेशन गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

महाधिवेशनमा भूमिगत रहेका थाकसका केन्द्रीय अध्यक्ष धनिराम चौधरी पनि उपस्थित थिए। उनी मास्क लगाएरै बैठकमा सहभागी भएका थिए। बैठक टीकापुर घटनामा आरोपित बनाइएका थाकस केन्द्रीय अध्यक्ष धनिराम चौधरीसहित सबैको मुद्दा खारेज गर्नुपर्ने सरकारसँग माग गरिएको छ। साथै २२औं महाधिवेशनलाई आन्दोलनको रुपमा मनाउने बताइएको छ।

बैठकले यस सम्बन्धमा साउन १५ गते प्रधानमन्त्री, सभामुख र मुख्य मन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सार्वजनिकसमेत गरेको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu