‘थारु समुदायका अगुवाहरु विचारमा संगठित नहुदा मुद्दा कमजोर भयो’

Thursday, 12 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली:= कैलाली कञ्चनपुरलाई थरुहट बनाउनु पर्छ भन्ने अगुवाहरु नै पछिल्लो अवस्थामा मौन भएपछि थारुको मुद्धा ओझलमा पर्न गएको थारु नागरिक समाजले बताएको छ ।थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले थारुहरुले सोचे जस्तो सफलता नपाउनुमा थारु अगुवाहरु बिचारमा संगठित हुन नसक्नुको मूल कारण रहेको बताए ।
उनले चिया गफमा निस्केको कुरालाई जोड दिदै ‘मधेशी समुदाय संगठित रुपमा अधिकारका लागि लडेकाले उनीहरु प्रदेश पाए, प्रदेशमा उनकै संगठनको सरकार भयो, सरकार भएपछि त्यो समुदाय तुलनात्मक रुपमा अगाडि बढ्न सफल भईरहेको छ ।’उनले आफ्नो फेसबुक स्टाटस्मा थारु समुदाय विचारमा संगठित हुन नसकेर थरुहट आन्दोलनको उद्देश्य पुरा हुन नसकेको विचार व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘संबिधान मार्फत जे जति अधिकार थारुहरु पाइरहेका छन् त्यो थरुहट आन्दोलनको देन हो ।’ जसले गर्दा आन्दोलनको उद्देश्य पुरा गर्न सबै थारु संगठित हुनु पर्छ।
लोकतन्त्रमा आवधिक निर्वाचन जनताको सब भन्दा ठूलो र भरपर्दो हतियार हो, जसमार्फत जनता आफ्नो प्रतिनिधि पठाउँछन्, सरकारमा प्रतिनिधित्व गर्दछन्, तर थारु समुदाय त्यो मौका गुमाउनु भनेको थारुहरुको मुद्दा कमजोर हुनु हो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu