ब्रोनम्यारो(क्यान्सर)पीडित ४ बर्षिय बच्चालाई मलेसियाबाट बुद्धराजको पहलमा आर्थिक सहयोग

Thursday, 12 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
[फोटोमा भएको ब्रोनम्यारो (क्यान्सर ) पीडित ४ बर्षिरी बच्चा र सहयोगी दाता बुद्धराज योङहाङ लिम्बु]
आर एन चौधरी थारु,,
मलेसिया := हुन त देश भन्दा बाहिर प्रवास भनौ अथवा बिदेशमा बसेर समाजसेवा गर्न सजिलो छैन ,देशमै समाजसेवा गर्दा त विभिन्न किसिमका आरोप प्रत्यारोपको सिकार हुनु पर्छ भने झन बिदेशमा त कुरै नगरम ।
हो त्यस्तै विभिन्न किसिमको बाधा अडचनको बावजुद पनि नेपाली पीडितहरुको उद्धार र सेवा गर्न निस्वार्थ भावनाको साथ लागी पर्ने ब्यक्ति हुन " बुद्धराज योङ्हाङ लिम्बू ",उहाँ बिगत चार बर्ष देखि मलेसियामा कार्यरत हुनु हुन्छ ।

मलेसिया देखि लिएर नेपाल् सम्मको पीडित दु:खमा परेका नेपालीहरु लाई साथ र सहयोग दिने क्रममा पुनः पाँचथर जिल्ला निवासी मिलन राई को ४ बर्षिरी छोरी एलिस्मा राई ब्रोनम्यारो (क्यान्सर ) पीडित लाई नेपाली रकम लगभग ७६,७४० रुपैयाँ मलेसियाका विभिन्न सहयोगी दाताहरु संग सङ्कल गरि आर्थिक सहयोग प्रदान गरेका छ्न ।
सहयोग रकम लिम्बुको साथी पाँचथर निवासी भक्त बहादुर मुखियाले पीडितको बुवा लाई हस्तान्तरण गरि सकेको हो।हाल एल्सिमा राई को उपचार नेपालमा हुने  सम्भव नभएकोले थप उपचारको लागी डिल्ली लगिएको भक्त बहादुरले जानकारी गराउनु भयो ।

यदि कोहि कसैले ब्रोनम्यारो पीडित बच्चा एलिस्मा राई लाई थप आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने तलको बैंक खातामा जम्मा गर्न सक्नु हुनेछ।
Bank name:-( SBi Bank )
A/C no:- 20215241409032
Swift code:- NSBINPKA
पीडित लाई आर्थिक सहयोग गर्ने क्रममा लिइएको फोटो
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu