गुड नेवर्स इन्टरनेशनल नेपाल द्धारा बाल क्लवलाई विपत जोखिम न्युनिकरण तालिम

Monday, 2 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
बर्दिया:= गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कबिला युवा क्लव मनाउ बर्दियाको आयोजनामा तीन दिने “विपत जोखिम न्युनिकरण तालिम” सहजकर्ता श्री लौटन चौधरी ज्युको सहजिकरणमा सम्पन्न भएको छ ।

स्थानिय कबिला युवा क्लव मनाउ बर्दियाको आयोजनामा भएको उक्त तालिममा राजापुर न.पा र गेरुवा गाँउपालिका अन्तर्गतका बाढीको प्रभावित तथा जोखिम रहेका विद्यालय  क्षेत्रका जम्मा २५ जना बिद्यार्थीहरुको सहभागीतामा गेरुवा गाँउपालिका वार्ड नं.—३, शान्ती बजार बर्दियामा मिति २०७५ असार १६ गते देखि १८ गते सम्म भएको थिए । 

बिपत जोखिम न्युनिकरण र सतर्कताका विभिन्न उपायको बारेमा जानकारी गराउने उद्धेश्यले तालिम गराएको साथै विपत जोखिम ब्यवस्थापन तथा न्युनिकरणकोलागि अभिमुखिकरण कार्यक्रम क्लव मार्फत बिद्यार्थी सदस्यहरुबाट प्रभावकारी रुपमा गराउन सकिने हुनाले क्लवका विद्यार्थीहरुलाई तालिममा सहभागी गराएको गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक श्री नारायण चौधरी ज्युले जानकारी गराउनु भयो ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu