अविरल वर्षाबाट आएको बाढीमा परी बाँकेमा चारजनाको ज्यान गयो

Tuesday, 3 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपालगन्जः=बाँकेमा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ ।  दुई दिनदेखि परेको अविरल वर्षाबाट आएको बाढीमा परी बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो ।
बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङका अनुसार जेठी खोलाले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ बर्षिय तुलाराम बुढा र ज्वालीपुर नालाले बगाएर बैजनाथ–५ का ३५ बर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो । बिहान बाढीमा बगेर बेपत्ता भएका बुढाको शव दिउँसो मात्र भेटिएको थियो । त्यसैगरी कोहलपुर नगरपालिका–४ गौवागाउँ निवासी ४ वर्षीय बालक रन्जित पासीको  घर नजिकैको खाल्डोमा परी र डुडुवा गाउँपालिका–२ निवासी ४ वर्षीया रिमाकुमारी यादवको पनि घर अगाडि जमेको पानीमा परेर मृत्यु भएको हो । प्रहरीले मृतक चारैजनाको शव भेटिइसकेको जनाएको छ ।बाढीले नेपालगन्ज उपमहानगरपालिकाको न्यूरोडस्थित सेतु बिक चोक र घरवासी टोल क्षेत्र भने डुबानमा परेको छन् । नेपालगन्जमा बाटो र नालाको काम जारी रहेकै बेला पानी निकास हुन नपाएर डुबान भएको हो । 

स्थानीयले सामाजिक सन्जालमा यस क्षेत्रमा आउँदा डुंगा लिएर आउनु भनेर व्यङ्य गरेका छन । नेपाल उद्योग वाणिज्य संघका सदस्य कृष्णप्रसाद श्रेष्ठ फेसबुकमा सूचना स्टाटस् लेख्छन्, ‘कृपया न्यूरोड, बसपार्क, बेलासपुर, घरबारी टोललगायतका बाटो हिड्नु परेमा डुंगा लिएर आउनुहोला ।’ स्टाटसमा कमेन्ट गर्नेहरुले प्रधानमन्त्री केपी ओलीको पानीजहाज सपना हुने र नगरप्रमुख डा.धवल शम्शेर राणालाई ‘जलयात्रा शयर गर्न’ भन्दै व्यङ्य गरेका छन् । त्यसैगरी धनौली क्षेत्रमा रहेको पीडारी नाला बढेका कारण स्थानीयलाई आवात जावतमा समस्या परेको प्रहरीले जनाएको छ । ‘राप्ती नदी क्षेत्रको अवस्था भने सामान्य नै छ’, एसपी तामाङले भने ।  वर्षाका कारण अविरल बर्षापछि आएको बाढीको पानीको सहज निकास नभएका कट्कुइँया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुरका दर्जनौं घर डुबानमा परेका छन् । मातनिया र बनिया गाउँका १५ बढी घरमा पानी पसेर विचल्ली भएको र नरैनापुरका ५०÷६० घरमा पानी पसेर क्षति पुर्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । 
खजुरा गाउँपालि क्षेत्रमा आएको बाढीका कारण नेपालगन्ज–गुलरिया सडक खण्डको किरण नाला नजिक सडकमा भत्किएर आवातजावत रोकिएको छ ।जल तथा मौसम विज्ञान विभागको नेपालगन्ज राँझास्थित हावापानी फिल्ड कार्यालयका अनुसार आइतबार विहानैदेखि सिमसिमे पानी पर्दै मोमबार विहान १ बजेदेखि ६ बजे भारी भारी वर्षा भएको थियो । कार्यालयको मापनमा बाँकेमा देशभरकै सबैभन्दा बढी १ सय ९१ मिलिमिटर पानी परेको छ । कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकले भने, ‘वर्षा यो वर्षकै सबैभन्दा उच्च वर्षा हो । अझै पानी परिरहेकाले २४ घण्टासम्म पानी पर्ने सम्भावना छ । 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu