सुशिलाको मायामा हराउँदै चर्चित मोडेल शम्भु मोक्तान तामाङ (फोटो सहित हेर्नुहोस् )

Tuesday, 10 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
मलेसिया := दर्शक श्रोताबाट धेरै नै माया र साथ पाएर अगाडी बढिरहेका मोडल तथा कलाकार शम्भु मोक्तान तामाङ अभिनित र निर्देशित नया म्युजिक भिडियो "  ल्हुइ भर माया " को छायांकन समाप्त भएको छ | मलेसियामा उनको यस नया भिडियोको सम्पूर्ण छायांकन गरिएको हो | यसपटक उनलाई यस भिडियोमा फरक अवतारमा हेर्न पाइने छ | यस्तै उनि संग जोडीको रुपमा यस भिडियोमा मोडल सुशिला थिङ रहेकी छिन् | २ जनाको जोडी निकै राम्रो सुहाएको देखिन्छ | यस भिडियो मार्फत यो २ को जोडी पहिलो पटक दर्शक माझ आउन लागेको हो | तर पहिलो पटक नै भएता पनि २ जनाले एक अर्कामा समर्पित रहेर अभिनय गरेका छन् | छायांकनको केहि तस्बिरहरु सार्वजनिक भएको छ | सार्वजनिक तस्बिरले नै भिडियोको बारेमा सबै कुरा खोलेको देखिन्छ | भिडियोको छायांकन भने कोष बोम्जनले गरेका हुन् |

यस भिडियोको गीत भने आधुनिक सेन्टिमेन्टल जनरामा रहेको छ | यस गीतमा क्लेबर सिंह तामाङको शब्द र संगीत र रुपकुमार तामाङ स्वर समावेश रहेको छ | यस्तै गीतको अरेन्ज गर्ने काम प्रयास दोङले गरेका छन् | दिपेश प्रधानको मिक्सिङमा बनेको यस गीतको रेकर्डिङ कुङ्बोताङ रेकर्डिङ स्टुडियोमा भएको हो | यो गीत र भिडियो पनि अब छिट्टै नै रिलिज हुने जानकारी निर्देशक तथा अभिनेता शम्भु मोक्तान तामाङले दिएका छन् | पछिल्लो समय उनि एक पछि अर्को म्युजिक भिडियो निर्देशन र अभिनयमा ब्यस्त रहेका छन् | मलेसियामा रहेर पनि उनि यति सक्रिय भएर यस क्षेत्रमा लाग्नु सानो कुरा भने पक्कै पनि छैन ।
तर उनले समयको सहि तरिकाले व्यवस्थापन गरि एक पछि नया प्रस्तुति दर्शकहरुलाई दिइरहेका छन् | उनको यस अगाडीको प्रस्तुतिलाई पनि दर्शकहरुले निकै नै मनपराउनु भएको छ | 

भिडियो हेरेर धेरै दर्शकहरुले उनको अभिनय र निर्देशन क्षेमताको प्रशंसा गरेको पाईयो | आगामी दिन अझ राम्रो गर्ने विश्वास उनले ब्यक्त गरेका छन् | दर्शकहरुको चाहना आफुले राम्रो संग बुझेको र अबको दिन उहाहरुको चाहनामा नै काम गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | तामाङ चलचित्र मार्फत अभिनय क्षेत्रमा प्रवेश गरेका उनको म्युजिक भिडियो सम्मको यात्रा सजिलो भने पक्कै पनि होइन | यहि कारण उनि धेरैको लागि यति बेला एक उदहारण पात्रको रुपमा देखिएका छन् |

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu