प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा शान्ता र पार्वता

Thursday, 5 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:=प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपां) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड छन् भने राजपा नेपालबाट राजकिशोर यादव छन्।
आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्नेछ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu