२५ बर्षकै उमेरमा मन्त्री बने सैयद

Thursday, 5 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौँ:=मलेसियाका प्रधानमन्त्री महाथीर बिन मोहमद ९२ वर्ष पुगेका छन् ।  गत मेमा सम्पन्न चुनावमा महाथीरको पार्टी ‘बर्सातु मलेसिया’ ले बहुमत ल्याएपछि उनी पुन: प्रधानमन्त्री बनेका हुन् ।
महाथीर सन् १९८१ जुलई देखि २००३ अक्टोबरसम्म गरी करिब २२ वर्ष मलेसियाको प्रधानमन्त्री भएका थिए। उनी मलेसियाको इतिहासमा सबैभन्दा पाका प्रधानमन्त्री हुन्।
सोमबार मन्त्रिपरिषद विस्तारका क्रममा महाथीरले २५ वर्षीय सैयद सिद्दिकलाई मन्त्री बनाएका छन्। उनी महाथीरको १३ मन्त्री र २३ राज्यमन्त्री रहेको मन्त्री मण्डलका सबैभन्दा कान्छो मन्त्री हुन्।भनेर आजको कान्तिपुर अनलाइनले समाचार छापेको छ ।

मलेसियाका पूर्वप्रधानमन्त्री नजिव रजाक सन् १९७८ मा उर्जा राज्यमन्त्री हुँदा २५ वर्षका थिए। योभन्दा अघि कम उमेरका मन्त्रीमा ३७ वर्षीय खइरी जुमालुद्दिन भएका थिए।
सिद्दिकले मलेसियाको इतिहासमा सबैभन्दा कम उमेरमा मन्त्री भन्ने सौभाग्य भएका छन्। उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
२५ वर्षको उमरेमा मन्त्री बनेपछि सिद्दिकको चर्चा चौतर्फी चुलिएको छ। सामाजिक सञ्जालहरुमा उनलाई बधाई दिनेको ओइरो लागेको छ। नेपालमा पनि सिद्दिकलाई जोडेर राजनीतिमा युवाहरुलाई अवसर दिनुपर्छ भन्दै स्टाटस र ट्वीटहरु आउन थालेका छन्।

९२ वर्षीय यी ‘पाका’ तर एक्टिभ प्रधानमन्त्री महाथीरले आफ्नो ‘नाती’ उमेरका व्यक्तिलाई आखिर किन मन्त्री बनाए?

सैयद सिद्दिक महाथीरको पार्टी बर्सातु मलेसियाको युवा दस्ता प्रमुख पनि हुन्। उनको जन्म मलेसियाको जोहोरमा सन् १९९२ मा भएको थियो। सिद्दिकले इस्लामिक विश्विद्यालयबाट कानूनमा ग्रयाजुएट गरेका छन्।
विद्यार्थी कालमा उनले तीन पटक एसियन ब्रिटिस पार्लामेन्टरी डिबेट च्यापियनसीप प्रतियोगितको उपाधि जितेका छन्। ओक्सफोर्ड विश्वविद्यालयको छात्रवृत्ति छाडेर उनी राजनीतिमा सक्रिय छन्।
सिद्दिक सन् २०१६ देखि मलेसियाको राजनीतिमा चर्चामा आएका हुन्। 

सद्दिक र उनका सहयोगीहरले मलेसिया डेभलोपमेन्ट बरहाड प्रकरणमा पूर्व प्रधानमन्त्री नजिव राजकको नेतृत्वलाई विरोध गरेका थिए। १४ औँ आम चुनावमा सिद्दिक मुअरबाट ६ हजार ९ सय ५३ मत ल्याउदै विजयी भए।मन्त्री पदको शपथ लिंदै सिद्दिकले भविष्यमा युवाहरुलाई थप सम्भावना रहेको जनाउँदै उनले भने, ‘युवाहरु भविष्यको लिडर नभएर आजकै हुन्। ’
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu