“बर्दियामा सोनाहा विकास समाजद्धारा ६ वटा सहकारीलाई घुम्तीकोष सहयोग”

Sunday, 8 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बर्दिया:=गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज बर्दियाद्धारा बर्दिया जिल्लाका  क्रमशः राजापुर न.पा—१, अन्तर्गतका श्री असल कृषि सहकारी र सनौटा कृषि सहकारी संसथा लि., गेरुवा गाँउपालिका अन्तर्गतका श्री देउथान कृषि सहकारी, हिमशिखर कृषि सहकारी, साइनो कृषि सहकारी संस्था लि. र मधुवन न.पा—६, को श्री छिमेकी कृषि सहकारी संस्था लि. गरि जम्मा ६ वटा सहकारीहरुलाई रु. ५,४५,२४०÷— हस्तान्तरण कार्यक्रमका सभा अध्यक्ष र प्रमुख अतिथिबाट गरिएको छ ।

औपचारिक रुपमा भएको उक्त घुम्तीकोष हस्तान्तरण कार्यक्रममा सोनाहा विकास समाजका अध्यक्ष श्री शान्ती सोनाहा सभाको अध्यक्षता ग्रहण गर्नु भएको थियो  भने राजापुर न.पा. वार्ड नं.—१, का अध्यक्ष श्री खुशीराम थारु ज्यु प्रमुख अतिथिका रुपमा रहनु भएको थियो । 
सहकारीमा आवद्ध भएका विपन्न परिवारका सहकारीका सदस्यहरुको आर्थिक तथा जिविकोपार्जन विकास गर्नकालागि साथै सहकारी मार्फत घुम्तीकोषको परिचालनबाट सहकारीको दिगो विकास गर्ने उद्धेश्यका साथ सहकारीलाई घुम्तीकोष सहयोग गरेको सोनाहा विकास समाजका लघु उद्यम विकास अधिकृत श्री जनक बहादुर कठरिया ज्युले जानकारी गराउनु भएको थियो । 

उक्त घुम्तीकोष सहयोग कार्यक्रम सोनाहा विकास समाजको कार्यालय राजापुर न.पा.—१, हिमालीपुरमा मिति २०७५ साल असार २४ गतेका दिन भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu