आर एन चौधरी थारु,,
काठमाडौं := सोलुखुम्बु जिल्ला नेचा बतासेका आङ पासाङ शेर्पा मलेसियामा क्यान्सर भएर दाहिने खुट्टा काटीएर केही दिन अगाडि मात्रै नेपाल फर्केका थिए। निज आङ पासाङ शेर्पाको आर्थिक अवस्था एकदमै नाजुक रहेको खबर थाहा पाए पछि शेर्पा किदुग मलेशियाका पुर्व अध्यक्ष तथा हालका संरक्षक ङावाङ नुरी शेर्पाले आर्थिक सङ्कलन अभियान सुरु गरेको थियो।
पहिलो चरणमा शेर्पा किदुग मलेसिया परिवारले चलाएको अभियानमा संकलन भएको १,२६,००० सहयोग रकम शेर्पाले हस्तान्तरण पहिल्यै गरेको हो भने पहिलो चरणको रकम हस्तान्तरण संगै देश बिदेश देखी नुरीको अभियान र कार्य प्रति खुसी ब्यक्त गर्दै ,संगै बिश्वास गर्दै सहयोगी भावना बोकेका नेपालीहरुले अझै धेरै सहयोग रकम पठाउनु भएको छ भने सहयोग गर्नेहरुको नमावली निम्न प्रकारको रहेको छ्न।
(१)पेम्बा शेर्पा /हाल इजरायलबाट नेपाली रकम:-रु.३०,०००|-
(२) छिरिङ शेर्पा/हाल अमेरिकाबाट नेपाली रकम रु.२४,०००|-
(३)पासाङ ल्हामु शेर्पाको नेतृत्वमा मलेसियाबाट नेपाली रकम रु.२७,०००|-
(४)सावित्री तामाङ /हाल अमेरिकाबाट नेपाली रकम रु. २१,५९३|-
(५) सजिना लिम्बुको नेतृत्वमा मलेसिया बाट नेपाली रकम रु.१३,०००|-
(६) पासाङ शेर्पा/ काठमाडौंबाट नेपाली रकम रु.५,०००|-
(७) डोमा शेर्पा/हाल इराकबाट नेपाली रकम रु.४,००५
# दोस्रो चरणमा नुरिको नाममा विभिन्न देश,बिदेशबाट पठाइएको जम्मा भएको नेपाली रकम रु.१,२४,५९८ रहेको छ।सो जम्मा रकम हस्तान्तरण गरे संगै अब तेस्रो चरणमा आर्थिक सहयोग रकम फेरि चाडै सङ्कलन गरि पीडित आङ पासाङ शेर्पालाई बुझाउने बचन दिनु भएको छ ।

