पर्यटकको मन लोभ्याउँदै दाङको थारू संग्राहलय ( फोटो फिचर सहित हेर्नुहोस् )

Tuesday, 3 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
विकास डाँगी ,,
दाङ : दाङलाई थारू कला संस्कृतिको नमुना जिल्लाको रूपमा विकास गर्न थारू संग्राहलय स्थापना गरिएको छ। पश्चिम दाङको दंगिशरण गाउँपालिकाको चखौरामा रहेको संग्राहलय असार ९ देखि सञ्चालनमा आएको हो। 

संग्राहलयमा थारू राजा दङगीशरण र थारू समुदायले प्रयोग गर्ने सामग्रीहरू राखिएका छन्। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तुका साथै पूर्वी नेपालमा बसोबास गर्ने थारू समुदायमा प्रयोग हुने सामग्री राखिएको संग्राहलयका व्यवस्थापक नरेन्द्र चौधरीले बताए।उक्त संग्राहलयमा आदिवासी थारू जातिका कला, संस्कृति झल्किने वस्तु, भेषभूषा, गरगहना, कृषि उपकरणलगायत करिब पाँच हजार सामग्री छन्।  



संग्राहलयम परिसरमा राखिएका थारू परिकार समेत अवलोकनकर्ताको विशेष आकर्षण भएको संग्राहलयका कर्मचारी रमिता चौधरीले बताइन्। यहाँ घवाङटी, सुँगुर÷बंगुरको मासु, मुसाको चटनी, माछा, गँगटा, चामलको पीठोबाट बनाइने ढीक्री, अनदीको परिकार, अनदीको झोल, मदिरालगायत परिकार राखिइएका छन्। संग्राहलय अवलोकनका लागि दैनिक करिब १०० जना आन्तरिक पर्यटक आउने गरेको गरेका छन्। संग्राहलयको अवलोकनका लागि प्रवेश शुल्क ३० रुपैयाँ तोकिएको छ।







Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu