हुलाकी सडक कैलालीका बाढीपीडितको लागि आश्रयस्थल

Wednesday, 4 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
                   खक्रौला–भजनीखण्डको हुलाकी सडकमा त्रिपालमा बसेका बाढीपीडित । तस्बिर : परमानन्द पाण्डे
टीकापुर := कैलालीका बाढीपीडितका लागि हुलाकी सडक आश्रयस्थल बनेको छ। बर्सेनि आउने बाढीबाट पीडित हुँदै आएका भजनी, लालबोझी, काँडाढिक, खल्लागाउँ, थापापुर, सोनाफाँटा, पल्टीपुर, पडरियालगायत बाढीपीडितका लागि हुलाकी सडक आ श्रयस्थल बनेको हो।
चार वर्षअघि हुलाकी सडक बनेपछि बाढी आएको समयमा गाउँले घर छाडेर सडकमै आ श्रय लिन आउने गरेका छन्। भजनी नगरपालिका–५ लालबोझीकी ६८ वर्षीय जशु बुढाले बाढीका बेला हुलाकी सडक आ श्रयस्थल बन्ने गरेको बताइन्।‘हामी धेरै वर्षदेखि बाढीबाट पीडित हुँदै आएका छौं, पहिले पहिले घरको छानामा गएर ज्यान जोगायौं, कति पशुचौपाया बगे, कति अन्नपात बग्यो’, सडक निर्माण हुनुपूर्वका वर्षायाम सम्झिँदै उनले भनिन्, ‘अहिले बाढी आउने भएपछि गाईवस्तुसहित हुलाकी सडकमा आउने गरेका छौं।’०६६ सालको बाढीमा दुई गोरु, तीन बाख्रा र एक भैंसी बगाएको सम्झँदै थापापुुरकी रुपा साउदले अहिले घरमा बाढी पसे पनि हुलाकी सडकले ज्यान जोगिने गरेको बताइन्। साउदले भनिन्, ‘धान गहुँ घरको माथिल्लो तलामा राख्छौं, गाई गोरु, बूढाबूढी सबै सडकमा आइहाल्छौं।’हुलाकी सडकको खक्रौला–भजनी सडकखण्डका अधिकांश भागमा बाढीबाट पीडित आ श्रय बनाएर बस्ने गरेका छन्। भजनी, थापापुरलगायत गाउँमा काँडा र पथरैया नदीमा आउने बाढीका कारण डुबान हुँदै आएको छ।
बाढी आएका बेला हुलाकी सडकको किनारभरि गाई, गोरु, भैंसीसहित त्रिपाल गाडेर बाढीपीडित आ श्रय लिने गरेका छन्। ‘अन्नपात त अहिले पनि बगाउँछ’, भजनीका जयप्रसाद न्यौपानेले भने, ‘हुलाकी सडक बनेपछि गाई, गोरु र मान्छेको ज्यान भने जोगिएको छ।’पथरैया नदीको बाढीले वर्षौंदेखि पीडित हुँदै आएको जानकारी दिँदै भजनी–८ काँडाढिक्का लक्ष्मण चौधरीले हुलाकी सडक बाढीपीडितका लागि वरदान सावित भएको बताए। चौधरीले भने, ‘हामी त नदीमा पानीको सतह बढेपछि सबै यही सडकमा आइहाल्छौं, हाम्रा लागि यो सडक वरदान भएको छ।’चौधरीको घर नदीकिनारमा छ। नदीले आफ्नो जग्गा कटान गरेको सम्झँदै उनले भने, ‘झन्डै डेढ बिघाभन्दा बढी जमिन पथरैया नदीले कटान गरेको छ।’
बाढी प्रभावित क्षेत्रमा कैलालीका चुरे क्षेत्रबाट बग्ने गरेका नदी भरिएर बाढी आउने गरेको छ। सामान्य वर्षाले समेत डुबानको समस्या भोग्दै आएका स्थानीय उचित विकल्प नहुँदा वर्षौंदेखि बाढीको पीडा खेप्न बाध्य छन्।‘काँडा र पथरैया नदीमा चुरे क्षेत्रमा सामान्य पानी पर्दासमेत बाढी आउने गरेको छ’, स्थानीय जयप्रसाद ढुंगानाले भने, ‘मोहना नदीमा पानीको सतह बढेपछि काँडा र पथरैयाको पानी निकास पाउँदैन र डुबान हुन्छ।’ हुलाकी सडक जमिनभन्दा अग्लो गरी बनाइएका कारण पनि बाढीपीडितका लागि आ श्रय स्थल बनेको हो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu