थारु कल्याणकारीणि बाराले कोल्हवी,५ मा माघी महोत्सव आयोजना गर्दै

Monday, 14 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

रन्जन चौधरी ,,
कोल्हवी:= थारु कल्याणकारिणी सभा बाराले कोल्हवी नगरपालिका वडा नं. ५ मा गर्न लागेको माघी सा“स्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

महोत्सव स्थलमा आयोजकले आज पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी दिएको छ ।
२५ लाखको लागतमा संचालन हुन लागेको महोत्वमा थारु संस्कृति झल्किने ५० वटा स्टल राखिने आयोजक थारु काल्याणकारिणी सभा बाराका सचिव यादवकृष्ण चौधरीले जानकारी दिनु भयो । माघ १ गते देखी सुरु हुन लागेको महोत्सवको सम्ुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभा बाराका अध्यक्ष रामप्रसाद चौधरी,थारु अगुवाहरु संजय कुमार चौधरी, गिरधारी चौधरी, बिरेन्द्र चौधरी, शोभालाल चौधरी, रविन्द्र चौधरी लगायतको सहभागिता थियो र उक्त माघी महोत्सवमा विभिन्न खेल तमाशा तथा थारु संास्कृतीका थारु थाक्रा नाच हर्फरौरी र झुम्रा गीतबात भरपुर मनुरन्जन दिइने आयोजनकले जनाए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu