कैलालीमा भजनी महोत्सव सुरु/माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे उद्घाटन

Monday, 29 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

ओम नारायण महतो,,
काठमाडौं:=पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोटी भन्सारको स्तरोन्नति गरी सूदुरपश्चिमको ब्यापार प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ ।सोमबार दिउँसो कैलालीमा आयोजित भजनी महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘छोटी भन्सारलाई स्तरोन्नति गर्न जरुरी छ । यसले समग्र सूदुरपश्चिमको ब्यापारको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छ । यस विषयलाई मैले गम्भीरतापूर्वक लिएको छु, यसले राष्ट्रिय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान दिन सक्दछ ।’

‘भजनी कृषिको विविधिकरण, पर्यटन र ब्यापारका दृष्टिले अत्यन्तै महत्वपूर्ण ठाउँ हो’, प्रचण्डले भन्नुभयो, ‘विगतमा राज्यले उपेक्षा गर्दा समग्र सूदुरपश्चिमको विकास पछाडि पर्न गयो । आगामी दिनमा सूदुरपश्चिममा पर्यटनको विकास, कृषिको विविधिकरण र ब्यापारको बिस्तार गर्न राज्यले जोड दिनुपर्दछ, त्यसमा मेरो तर्फबाट तपाईहरुलाई पुरै सहयोग हुनेछ । अहिले तपाईहरुले जुन माग प्रस्तुत गर्नुभएको छ, त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, कार्यान्वयनका लागि आफ्नो ठाउँबाट पहल गर्नेछु ।’

‘हामीले समृद्धि र विकासको संकल्पसहित बाम गठबन्धन बनाएका हौं’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राजनीतिक स्थिरता र आर्थिक विकासमा हाम्रो जोड छ । तपाईहरुले बाम गठबन्धनप्रति जुन भरोसा गर्नुभएको छ, त्यसलाई सफल पार्न हामीले संकल्प गरेका छौं । बामपन्थीहरुको नेतृत्वमा सरकार बनेपछि विकास र समृद्धिको योजना तिब्रताका साथ अघि बढ्छ ।’

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu