हमार सनेश सहकर्मी ,,
मधुवन, बर्दिया:=गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कबिला युवा क्लब मनाउको आयोजनामा तीन दिने “बाल क्लव नेतृत्व विकास तालिम” सहजकर्ता श्री शितल थापा ज्युको सहजिकरणमा सम्पन्न भएको छ ।
उक्त तालिम बालबालिकाहरुलाई बाल विवाह, बाल यौन दुव्र्यवहार जस्ता समाजिक कुरीति बिरुद्ध जनचेतना मुलक कार्यक्रम गर्न मासिक पत्रिका प्रकाशन गर्न तथा क्लवका अन्य क्रियाकलापहरुलाई सक्रियताका संचालन गर्न सक्षम बाउने उद्धेश्यले तालिम संचालन गराएको गुड नेवर्स इन्टरनेशनल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत श्री गोविन्द चौधरी ज्युले तालिमको उद्धेश्यबारे प्रष्ट पार्नु भएको थियो ।
तीन दिन सम्म संचालन भएको उक्त तािलममा मधुवन न.पा. क्षेत्रका ५ वटा बिद्यालयका २५ जना बिद्यार्थी र ५ जना संरक्षक शिक्षकहरु गरि जम्मा ३० जना सहभागीहरुलाई तालिम प्रदान गरिएको थियो ।