तस्बिर : एक कृषकको आङनमा रहेको गुहाली घर । पशु लाई राखनका लागि बनाइएको घर लाई गुहाली घर भनिन्छ ।
बिचार / यथार्थता,,
रामधुनी:= गाउँ घरमा पशु पालनका लागि प्रत्येक ब्यक्तिको घरमा रहेको गुहाली घर अहिले हराउदै गइरहेको छ ।
थोरै संख्यामा गाउँ घरमा पशु पालन गरेको पाइन्छ ।
पहिले गाई, भैंसी,बाख्रा आदि प्रत्येक ब्यक्तिले पशु पालन गर्दै आएता पनि अहिले त्यस्तो देखिदैनन । कृषि क्षेत्रमा बिकासका लागि पशु पालन अनिवार्य मानिएको छ ।
पसु पालन खेती र मानव स्वस्थ्य संग जोडिएको छ ।
रास्ट्रय जनावर गाइको महत्त्व सबै लाई थाह नै छ होला ।गाइको गोबर बाट कम्पोस्ट मल तयार हुन्छ ।यो मल बाट जग्गाको उर्वरा शक्ति बढाउनुका साथै स्वस्थ अन्न उत्पादनका लागि मदत पुरयाउछ ।
यसरी गुहाली मानव स्वास्थ सङग जोडिएको छ ।पसु पालन आम्दानिको श्रोत पनि हो ।
पशु पालनले रोजगार सिर्जना गर्नुका साथै यो देश बिकासको आधार पनि हो ।त्यसैले पशु पालनमा हामी सबै लागि परौ ।
तस्बिर : एक कृषकको आङनमा रहेको गुहाली घर । पशु लाई राखनका लागि बनाइएको घर लाई गुहाली घर भनिन्छ ।