नूर आलम बादशाह,,
बारा:=बाराको श्री कंकाली मावि सिम्रौनगढ़मा आज कोक्यापको दोस्रो वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शांतिका लागि साझा अभियान कोक्यापको सहयोग र न्यू योंग स्टार क्लब बाराको आयोजनामा सामाजिक परिवर्तनको लागि युवा लक्षति कार्यक्रम अंतर्गत बाल विवाह बिषयक वक्तृत्वकला प्रतियोगितामा श्री कंकाली मावि सिम्रौनगढ़का १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

विधालयका प्रअ ध्रुव प्रसाद कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा बिधालयका शिक्षक सरफ लाल प्रसाद रहनुभएको थियो । अन्य अतिथिहरुमा न्यू योंग स्टार क्लबका बीर बहादुर कुशवाहा, रेडियो बादलका प्रबंध निर्देशक नूर आलम बादशाह, युवा बिधार्थी संघर्ष समिति सिम्रौनगढ़का अध्यक्ष उमेश कुशवाहा,विद्यालयका शिक्षक शिक्षिकाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीय समाजसेवी लगायतको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।
आजको वक्तृत्वकला प्रतियोगितामा श्री कंकाली माविका छात्रा निभा साह प्रथम सोनम गुप्ता द्वितीय, सलोनी जायसवाल तृतीय र छात्र विक्की प्रजापतिले चौथो र बाकी १२ जना सहभागीहरूले सांत्वना पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट प्रतियोगिहरुलाई ब्याग, कॉपी कलम सहित स्कूल पोशाकबाट सम्मानित गरिएको थियो ।