हमार सनेश सहकर्मी ,,
मलेसिया := वैदेशिक रोजगारीको सिलसिलामा केही समय देखि मलेसियामा कार्यरत सल्यान क्षत्रस्वरी गाउपालिका ६ राना गाऊ का हेमराज नेपाली ले आफ्नै कोठाको पंखामा झुन्डिएर आत्माहत्या गरेका छ्न ।
शनिबार देखि नै सधै जसो हासी खुसी देखिने हेमराजको अनुहार केही मलिन र भाबुक देखिन्थ्यो । सबैका प्यारा उनलाई कम्पनी मा साथीहरू ले कान्छा नाम ले बोलाउथे साथीहरूले केहि समस्या भए सेयर गर्न भन्दा तेस्तो खासै केही हैन भनेका हेमराज आफ्नै कोठाको पंखामा झुन्डियर आइतबार बिहानै आत्माहत्या गरेका छ्न।
जोहोरबारु को पारिस्गुणाङ जलान लापान मा रहेको Heng Hiap Group कम्पनीमा कार्यरत उनी बिहान सबै साथिहरु काममा जान लाई तयारी भए तर उनि आज म काममा नजाने भन्दै कोठामा बसेका थिए ।सबैजना काममा गएपछी होस्टल को वार्डेनले आफ्नै कोठाको पंखामा झुण्डिरहेको देखेपछी तुरुन्तै प्रहरी लाई खबर गरेका थिए। खबर भए लगतै प्रहरी आएर शव लाई जोहोरबारु को सुल्तान हस्पिटल मा पोस्टमार्टम को लागि लगेको मृतक का आफन्त सङ कम्पनी मा पुगेका ललित भट्टराई ले जानकारी दिए ।
मृतक को अन्तिम दाहसंस्कार को लागि कम्पनी ले शिघ्र आफ्नो तर्फबाट शवलाई नेपाल पठाउने तयारी गर्ने कम्पनी श्रोतले जनाएको छ ।प्रेम सम्बन्ध असफल भएको कारण मृत्यु भएको हुनसक्ने उनलेे अन्तिम पटक लेखेको फेस्बुक स्टाटसले देखाएको छ ।
उनले अन्तिम पटक आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेका थिए :
तिमिले बोलेको अन्तिम बोलि नै मेरो लागि काल साबित भयो जसरि तिमिले मलाइ तडपी तडपी मर्न बाध्य बनायो तेसरि नै तिमिलाइ तडपी तडपी बाच्नु परोस भगवान सङ्ग मेरो अन्तिम इछा पनि यहि छ, मेरो माया लाई कहिले बुझिनौ तिमिले यो भन्दा अरु बाटो नै देखिन मैले तिमिलाइ माया देखाउने।
(अलबिदा)