सरसफाई प्रबर्धन गर्न बिद्यालय वास समन्वय समिती गठन कार्यक्रम सम्पन्न

Monday, 2 July 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
बर्दिया := गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजले गेरुवा गाँउपालिका, मधुवन र राजापुर नगरपालिका अन्तरगतका कार्य क्षेत्र अन्तरगतका माध्यमिक बिद्यालयहरुमा “विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति” औपचारिक कार्यक्रम बिच सम्पन्न भएको छ।

उक्त बिद्यालय वास समन्वय समिती सोनाहा विकास समाजको कार्य क्षेत्रको गेरुवा गाँउपालिका अन्तर्गतका ३ वटा क्रमशः एक प्रिय राठौर मा.बि, जनता मा.बि. ने.रा. गणेश मा.बि.,राजापुर नगरपालिका अन्तर्गत्का १ वटा कालीका मा.बि. र मधुवन नगरपालिका अन्तर्गत ३ वटा गुराँस मा.बि., भृकुती मा.बि. र ने. रा. मा.बि. गरी जम्मा ७ वटा माध्यमिक बिद्यालयहरुमा समिती गठन भएकोछ ।
जुन २२ देखि जुन ३० २०१८ सम्म सम्बन्धित बिद्यालयहरुमा औपचारिक कार्यक्रम द्वारा बिद्यालय वास समिति गठन कार्य सम्पन्न भएको छ । यस समिति गठनका दौरानमा बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनीधि, स्वास्थ्य संस्थाका प्रतिनीधि,समाजसेबी बुद्विजिबि, बिद्यालय प्रशासन, बिद्यार्थी संगठन तथा सोनाहा बिकास समाजको उपस्थितीमा, विद्यालयमा अनुकुल वातावरणको सिर्जना गरी शैक्षिक उपलब्धि बढाउनका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्धन गर्ने,  प्रयोगकर्तामैत्री विद्यालय खानेपानी तथा सरसफाइका सुविधाहरू सञ्चालन र स्वच्छता अभ्यासमा एकरूपता ल्याउने हेतुले समिति गठन भएको हो।

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका २०७४ बमोजिम ९ सदस्यीय बिद्यालय वास समन्वय समिती गठन भएको र  सन् २०३० सम्म सबैको लागि र सधैको लागि पूर्ण सरसफाइको अवस्था हासिल गर्ने नेपाल सरकारको लक्ष्यलाइ पुरा गर्नमा यस समितिले सघाउ पुगाउने सोनाहा विकास समाजका कर्मचारी गोपी राम चौधरीले बताउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu