एउटा सपनाको अन्त्य ! (कुकुर कवि बिबश बेनामको कविता लिङ्क खोली पढ्नुहोस्)

Wednesday, 15 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक:-बिबश बेनाम ,,

( "एउटा सपनाको अन्त्य" )

ओ, प्रिय !
तिम्रो घरछेउ पुगेका थिए पैताला,
पैताला सँगै एक अंगालो सपना -
तर,
बोलेनन् बलेसि-
मुर्झाएका थिए फूलहरु-
हेर्नसम्म भ्याएनन मेरो आगमन -
आँगनको छेउमा
उभिएको पारिजातको हाँगोले समेत
ओरालो बाटो
देखाईरहेको थियो -

प्रिय !
पैतलाले
सपनाहरु कुल्चन्दै-कुल्चन्दै
आज ओरालो लागे ।

सम्जिनु -
तिमिलाई बाडुलीले झस्कायो भने ,
सम्झिनु-
बार्दलिमा परेवाका जोडी
बिलापमा घुरे भने
सम्झिनु-
सिरिषको सुकेको हांगोमा
कागको बथानले घेर्यो भने,
सम्झिनु-

सम्झिनु प्रिय ,
यो झरिमा एतैकतै मेरो पैताला
निर्दोष ढुङ्गा सँग
बेस्मारी ठोक्किएछ सम्झिनु ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu