म को हुँ ? .....

Wednesday, 15 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

अर्णव चौधरी,,
कविता ,,
 
म को हुँ ?

म कलियुगको मानव हुँ ?

कि म दानव हुँ ?

सानो सानो कुरामा छिट्टै क्रोधित हुन्छु ।

ईर्ष्याको भावना मनमा बोकी हिड्छु ।

बुद्धि भ्रष्ट पारिदिन्छु

मानिसहरुलाई भड़काऊछु ।

हिंसा, द्वेष, क्रोध, ईर्ष्या

लोभ, लालच, हवस

सबै मेरो पहिचान हो ।

मलाई यही भनेर चिन्छन आजकाल ।

मानवताको हत्या गरी, मानिसहरुमा म बास गर्छु ।

म यति शक्तिशाली छु कि

पल भर मै सबकुरा

तहसनहस गरिदिन सक्छु ।

म जिउदो मानवताको चिता जलाईदिन सक्छु ।

म मानवलाई दानव बनाउछु ।

म त्यो पापी, दुराचारी हूँ

जो सकारात्मक सोचलाई नकारात्मक बनाउछु ।

म आफ्नो अत्याचारले संसारमा डर त्राश फैलाउछु ।

म नै हुँ त्यों लोभ र लालचको कारण,

जसले गरीबहरुको बिबसता र लाचारीका कारण

उनीहरुबाट गलत काम गराउछ,

भने,

धनीहरुलाई अकूत कालो सम्पती कमाउन उपाय सिकाउछ ।

म जसकोमा पनि हावी हुन्छु नि,

उसको मति भ्रस्ट गराई

उसँग उल्टो र गलत काम मात्र गराउछु ।

म बाट नै कलियुगको गाड़ी अगाडि बढछ,

त्यसैले त म मानिसहरुको काल बन्छु

र,

कलियुग भनी चिनिन्छु,

ममा अहंकार बसेको छ

म कलियुग को पहिचान हु ।

म मानिसमा लुकेको त्यो शैतान हुँ ।

निष्कर्षमा,

म मानव हैन

म दानव हुँ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu