कुलदिप चौधरी,,
सुनसरी := सुनसरीको इटहरि उप माहा नगरपालिका वडा न. १५ एकम्वा बस्ने राम कुमारी चौधरीले बोइलर कुखुरा पाल्दा पाल्दै दाना र चल्लाको थोक बिक्रेता वन्न पुगेकी छिन ।
महिलाहरु पनि पुरुष सरह सब काम गर्न सकिने संदेश यस जोखिम पुर्ण पेशाले दिएको छ । २०६७ साल तिर उनको श्रीमान बिदेश बस्दा उनि कुखुरा पालन व्यवसायमा लागेको बताउ छिन । स्वदेशमै काम गर्नु पर्छ , एतै आउनुस कुखुरा पालन व्यवसायी गर्नु पर्छ भनी पटक पटक श्रीमान लाई फोन गरि बोलाए पछी श्रीमान भुनेस्वर चौधरी बिदेश बाट फर्की परिवारलाई सगाएको थियो। २०६७ साल बाट सुरुगरेको कुखुरा पालन व्यवासाय २०७३ मा आए पछी राम कुमारी चौधरीले यस पेशालाइ मुर्तरुप दि चल्ला र दानाको थोक बिक्रेता बनिन। अहिले झुम्काको लगौना चौकमा रत्न दिप पोलट्रि स्पलायर्सको नाम बाट फ्रेस हाउस र चल्ला बिक्रि बितरन गरि रहेको छ । लगभग ३० जना किसानहरु लाई दाना चल्ला बिक्रि बितरन गरिरहेको थारु महिला चौधरीको कथन रहेको छ । यसै पेशा बाट घर खर्च र पढाई खर्च चलिरहेको बताउ छिन ।
यसै पेशा बाट ओसारपसारको लागि मिनि ट्रक , व्यवसायिमा लागने पूंजी जोडेको राम कुमारी चौधरीको श्रीमान भुनेस्वर चौधरीले जानकारि गराएको छ । यो सब मेरो श्रीमतीको देन हो यस व्यवासायिमा मेरो श्रीमतीले धेरै योगदान दिएकी छिन र आज उसैको सल्लाह सुझाब बाट म स्वदेशी रोजगारमा समर्पित रहेको चौधरीले बताउ छ ।आज यस पेशा बाट मेरो घर परिवारमा खुशी छाएको छ र मेरा सम्पुर्ण साथी भाइहरुलाइ बेदेश न जाउ स्वदेश मै रोजगार गरौ सल्लाह दिन चाहन्छु भनु हुन्छ ।