सुनिल चौधरी,,
झुम्का:= थारु कला केन्द्रको आयोजना हुन गईरहेको मिस्टर एण्ड मिस थारु आईकन २०१८ को पहिलो अडिसन झुम्कामा उत्साहपुर्ण रुपमा सहभागी भएको छ । मंगलवार भएको अडिसनमा परिवर्तन र प्रगतीशिल जागर भएका ३७ जना युवा युवक्तिहरुले सहभागी जनाएको आयोजकले जनाएको छ ।
रामधुनीको झुम्कामा भएको अडिसन उत्साहपुर्ण रह्यो । सोचे भन्दा बढि प्रतियोगीहरु उत्साहित भएर अडिसन दिन आएकोमा ऐतिहासित्ता कायम भएको केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासले बताए । भदौ ९ गते सम्म हुने बिभिन्न स्थानमा अडिसन पछि १० गते रिजल्ट प्रकासित गर्ने अयोजकले जानकारी दिएको छ ।
झुम्कामा भएको अडिसनमा सहभागी भएकी अन्किता लेखिले थारु संस्कार संस्कृतिलाई उजागर गर्दै भाषा संरक्षण र आफु भित्र भएको कला प्रष्फुटन गर्ने उधेश्यले सहभागी हुन आएका उन्ले बताईन् । हामि युवा युक्तिहरुलाई समाज समुदाय र देशकालागी केहि गर्न सक्ने क्षमता अभिबृद्धिकालागी उचित प्लेट फर्म रहेकोले यो आईकनमा सहभागी हुन आएको खुसिहुदै आफनो धारणा ब्यक्त गरीन् ।
यसैगरी थारु अधिकार र पहिचानमा पछि परिरहेको अवस्थामा थारुहरु पनि सबै क्षेत्रमा अब्बल छन् देखाउदै अधिकार स्थापितकालागी पनि यो आन्दोलनकै जस्तो रहेको धारणा ब्यक्त गरीन् प्रतियोगी अन्जना चौधरीले । यो सफल र उपलबिध होसको कामना समेत ब्यक्त गर्दै अडिसन दिएकी छन् ।
प्रतियोगी छनौटकालागी निर्णायकमा थारु महानायक प्रशुराम चौधरी,कुलदिप चौधरी,सिता चौधरी,प्रवल्दिप बिश्वास,मिस पुवेर्ली तथा मिस टिनका कोरियोग्राफि सपना राजवंशि र महिला अभियान्ता सुचि चौधरी रहेको आयोजकले बताए ।
अडिसनबाट ५० जना युवा युवक्तिलाई छनौटगरी ईभेनट सम्बन्धि १ महिना तालिम सञ्चालन गरेर सहभागी गराईने जानकारी दिएको छ । जस्मा बिजेता ६ जना मधये महिला र पुरुषबाट एक एक जना मिस्टर एण्ड मिस थारु घोषणागरिने छ । त्यसैगरी फस्ट रनर अप र सेकेनड रनर अप गरी चार जनालाई उपाधि दिईने जनाईको छ । बिजेता पहिलोलाई नोबेल मेडिकल कलेज हस्पिटलबाट दुई जनालाई रु ५० हजारका दरले पुरस्कार पाउने छन् । फस्ट रनर अपका महिला पुरुष दुवै जनाले रु ३० हजारका दरले पाउने छन् भने सेकेनड रनर अपले रु २० हजारका दरले पुरस्कार पाउने छन् । साथै ६ जनालाईनै आफुले पढ्न चाहेको बिधामा हस्पिटलबाट छात्रबृति प्रदान गरिने जनाएको छ ।
त्यसैगरी ज्योति लाईफ ईन्सुरेन्सबाट १५ लाख ,१० लाख र ५ लाख गरि ५ बर्ष सम्मको दुर्घटना बिमा, उच्च शिक्षा हासिल गर्नेले लर्ड बुद्ध कलेज लगायतको कलेजहरुबाट छात्रबृति पाउने आयोजकले जनाएको छ।
झुम्काको मेजवान रेष्टुरेनटबाट सुरु भएको अडिसन अब भदौ ६ गते उदयपुर गाईघाट होटेल टाउन,७ गते मोरंग नेता चौक नवदुर्गा मन्दिर सभाहल,८ गते झापा बिर्तामोड निधि ग्रुप एन्जियो आई एम ईमा र ९ गते बिराटनगरमा ड्याजल डान्स एण्ड फिटनेसमा हुने जनाएको छ ।
