राम अवतार चाैधरी,,
रूपन्देही:=रूपन्देहीकाे शुद्धाेधन गाउँपालिका वार्ड न-१, सिसै घर भएका थारु गायक सरगम चाैधरी सांगीतिक क्षेत्रमा तहल्का मच्चाएका छन् । करिब विगत एक दशकदेखि सांगीतिक क्षेत्रलाई अँगालेका चाैधरी हाल सम्म डेढ दर्जन जति थारु गीत गाएर निकै चर्चामा अाएका हुन् ।
निकै सुमधुर स्वरका धनी चर्चित राष्ट्रिय थारु गायक श्रीनिवास चाैधरी तथा अर्का थारु गायक हरि नारायण थारुबाट प्रेरणा पाएका सरगम चाैधरी एक दशक पार गरेका बताएका छन् । गायक चाैधरी सर्वप्रथम "अाजकल इ दिलवाके" भन्ने गीतबाट निकै चर्चा कमाएका हुन् । गायक सरगम २०६५ सालमा अाईडल टपटेन बन्न सफल भएका थिए । "न दिलके खयाल न रातके" भन्ने गीतकाे बाेलबाट उनीमा अझ नयाँ अायम थप्पिनुका साथै परिचित बनेका थिए ।
नव प्रतिभाहरू कलाकारीता पेशामा अाउने इच्छुलाई एकदमै नयाँ खालका काेशेली लिएर अाउनका साथसाथै प्रतिस्पर्धाकाे जमानानुसार क्षमता सहित सांगीतिक क्षेत्र अँगाल्न पर्ने बताएका छन् । र यस क्षेत्रलाई व्यापक बनाउन अाम जनसमुदायको निकै महत्त्वपूर्ण भूमिका रहने बताउँदै नव प्रतिभालाई अाफूले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता गरेका छन् । यसैगरी नव प्रतिभा सांगीतिक क्षेत्रमा लाग्दा अाउने चुनाैतिलाई सामना गरेर समुदायमा संस्कृति झल्किने देखि लिएर जनचेतना फैलाउने खालका गीत संगित लिएर अाउने समेत सुझाव दिने गायक चाैधरीले बताए।
