यो देश बब्बन सिंहजस्ताको लागि ठीक रहेछ, थारुको लागि होइन !

Saturday, 18 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := टीकापुर घटनालाई लिएर अनेक कुरा गर्नुभन्दा टीकापुरबासीले सबै उम्मेदवारभन्दा बढी भोट ल्याएर जितेको रेशम चौधरीलाई सांसद मान्नु नै अबको उत्तम विकल्प हो । रेशमलाई सांसद मान्ने हैन भने उसलाई किन उम्मेदवार बनाउन दिइयो ? किन उम्मेदवारी दर्ता गर्नुअघि नै रोक्न सकिएन । किन दाबी विरोध गर्न सकिएन ?

चुनाव जितिसेकपछि हामीले ख्याल राख्नुपर्ने कुरा के हो भने नेपालको संघीय सांसद २७५ जना हुने व्यवस्था छ । चुनाव भएको एक वर्ष हुन थालिसक्यो तर टीकापुरमात्रै एउटा यस्तो क्षेत्र छ, जहाँको सांसदले चुनाव भारी बहुमतले जितेर पनि संघीय संसदमा सहभागिता जनाउन सकेको छैन । आफ्नो क्षेत्रको विकास निर्माण तथा जनताको पीरमर्काका कुराहरु उसले संसदमा राख्न पाएको छैन ।

कि त सरकारले रेशम चौधरीलाई सांसद बनाउने बाटो खोलिदिनुपर्छ कि रेशम चौधरी सांसद हुन सक्दैन भनेर पुननिर्वाचन गराउन सक्नुपर्छ । सुनिँदैछ– ‘टीकापुर क्षेत्रको सांसदले खर्च गर्न पाउने संसदीय विकास खर्च रु. ४ करोड पनि क्षेत्र नं. १ को सांसदले खर्च नगरी क्षेत्र नं. २ को सांसदको नेतृत्वमा खर्च हुँदैछ रे ?

के यो टीकापुरको लागि उचित हो ? विजेता एउटा सांसद खर्च गर्न अर्कै क्षेत्रको सांसद ? कहाँको न्याय हो यस्तो ?

बालकृष्ण ढुंगेललगायत विगतमा लामो समय जनयुद्ध गरेर देशमा अराजकता ल्याउने समूह अहिले संसदीय क्षेत्रको माऊ बनेर बसेको छ भने चुनाव जितेर सांसद भएको व्यक्ति अझै गुमनाम छ । यो देश बब्बन सिंहजस्ताको लागि ठीक रहेछ, जसरी पनि न्याय पाउने अनि रेशम चौधरी एउटा थारुको छोरो भयो भन्दैमा न्याय अझै क्षितिजभन्दा पारी रहने ?

जे होस ! टीकापुरले न्याय पाउनु पर्यो ? कि त जितिसकेको सांसद रेशम चौधरीलाई सांसदको भूमिका दिन सकोस् राज्यले कि त नयाँ सांसदको व्यवस्था गर्न निर्वाचनको व्यवस्था गरोस् । लामो समयसम्म टीकापुरलाई राजनीतिक बन्दी अवस्थामा नराखियोस् ।

भैया ! तैं अभिन् भी सच्चा बाटीस् तो तुहीन न्याय हो के छोडी ।
कलाकार हो के चर्चीत हुइना मनै राजनीतिक क्षेत्रमे हात डालके गन्दा क्षेत्रमे हात हालके यी सजाय पाइल बा ? ध्यूर महत्वाकांक्षा राखके ऐसिन हुइल बा । अब न्याय तुहार हातमे परी तो टीकापुरिक सक्कु मनैन्के लाग काम करना तुहार दायित्व हो ।

अभिन भि थारु और पहाडिक साम्प्रदायिक धारणा टकिापुरमे पली बा सुनटी हम्र । उहिन चिर के थारु पहाडिन सक्कु पहिले जैसिन अवस्थामा ल्याइना तुहार उत्तरदायितव हो । यी बात नही समझके फीर वैसिन धारणा आइ तो टीकापुरकै दुर्शशा हमेशाके लागि रहजाई ।

अब तैं टीकापुरीक थारु और पर्बातिनके बीचके मध्यस्तकर्ता हो के सेतुके काम करना तुहार दायित्व हो । मोर तरफसे अग्रिम शुभकामना भाई।

चतुर्भुज गौतम/फेसबुकबाट

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu