थाकस दक्षिण कोरियाले मुटु रोगी जिन्दा चौधरीलाई गरे आर्थिक सहयोग

Tuesday, 14 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं := थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले पर्सागढी नगरपालिका-९, पर्सा स्थायी घर भएकी जिन्दा चौधरीलाई आर्थिक सहयोग गरेको छ। मुटुका बिरामी चौधरीलाई ४२ हजार तीन सय रुपैयाँ सहयोग गरेको हो।

थाकस कोरिया च्याप्टरका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले चौधरीका श्रीमान वीरेन्द्र चौधरीलाई उक्त रकम हस्तान्तरण गरेका थिए।चौधरी विगत पाँच वर्षदेखि मुटुको बिरामी भइ उपचार गराइरहेका छन्। हाल: उनी ललितपुरस्थित किस्ट हस्पिटलमा उपचाररत छन्।

आर्थिक अवस्था निकै कमजोर भएपछि चौधरीले आर्थिक सहयोग गरिदिन अपिल गरेका थिए। जसअनुसार कोरिया च्याप्टरले आर्थिक सहयोग गरेको वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो थारुले जानकारी दिए।कोरिया च्याप्टरले यसअघि पनि नेपालमा विभिन्न समाजिक काम र बिरामी परेका ब्यक्तिहरुलाई सहयोग गर्दै आएको छ

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu