राना थारु समुदायले धुमधामको साथ मनाए तीज

Thursday, 16 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

नन्दलाल राना,,
धनगढी:= कैलाली र कञ्चनपुर दुई जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले तीज कार्यक्रम भव्यरुपमा मनाएका छन् । कार्यक्रमको उदघाटन सांसद नारदमुनी रानाथारुले गर्नुभएको थियो ।

सो अवसरमा सांसद रानाथारुले आफ्नो समुदायको हक अधिकारका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । रानाथारु समुदायको अलग्गै सुचीकरणको पहल भइरहेको र चाँडै हुने विश्वास उहाँले दिलाउनुभयो ।राना थारु समुदायको होली, तीज र गुरिया पर्वलाई भव्यरुपमा मनाउने गर्छन् । सो समुदायका दिदिवहिनीले आफ्नो गाउँका दाजु भाइको लामो आयुको कामना गर्दै तीज पर्व मनाएका छन् ।

तीज पर्वमा राना थारु समुदायले पुरी, गुलगुला, पकौडा लगायतका मीठा परिकार खाएर मनाउने गर्छन् । यो पर्वमा राना थारु समुदायका प्रतिनिधिले दिनभरी व्रत बस्ने गर्छन् । तीज पर्वको अवसरमा यसवर्ष धनगढी उपमहानगरपालिका १३ स्थित कैलाली गाउँ र वडा नं. ११ स्थित घोडसुवा गाउँमा कार्यक्रम गरी सामुहिकरुपमा तीज पर्व मनाएका छन् ।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका ५ को भकुण्डामा पनि तीजको कार्यक्रम भव्यरुपमा आयोजना गरिएको स्थानीयले बताएका छन् । सो अवसरमा राना थारु समुदायका अगुवाहरुले रानाथारु समुदायलाई अलग्गै सुचीकरणको माग गरेको स्थानीय सुनिता रानाले बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu