नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ प्रदेश नं. १ स्तरियको छनोट नतिजा बेलुका सार्वजनिक गर्ने

Monday, 27 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
मोरङ :- नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०१८ प्रदेश नं. १ स्तरियको छनोट नतिजा आज बेलुका सम्ममा प्रकाशन गर्ने आयोजकले जानकारी दिएको छ। गत भदौ ५ गते झुम्का,सुनसरी देखि सुरु भएको अडिसन गाईघाट, बिर्तामोड, नेताचोक हुदै भदौ ९ गते बिराटनगरको ड्याजल म्युजिक एण्ड फिटनेसमा सम्पन्न भएको थियो। थारु कला केन्द्रले आयोजना गरेको यस कार्यक्रमामा बिभिन्न क्षेत्र गरि जम्मा ११८ जनाले अडिसन दिएका थिए। जस मध्ये ३१ जना युवा र ८७ जना युवतीले अडिसन दिएको आयोजकले जनाएको छ।

जस मध्येबाट २५ युवा र २५ युवती छनौट हुनेछ।  साथै छनोट हुने प्रतियोगीहरुलाई १ महिना सम्म मोडलिंग, थारु कला संस्कृति,भाषा, भेषभुषा,थारु खानपान,रहनसहन, एतिहासिक थारु कलात्मक बस्तुको प्रदर्शनी र सो बिषयमा जानकारी दिने , नेतृत्व, उत्प्रेणा, भाषन कला सम्बन्धि तालिम लगायतको तालिम दिने जनाएको छ। त्यसै गरि उदयपुर र झापा जिल्लाको सन्दर्भमा छनोट युवायुवतीलाई बस्ने सुबिधा समेत आयोजकले व्यवस्था गरेको छ।

अडिसन अवधिभर निर्णायक मण्डलमा मिस राजबंशी तथा कोरियोग्राफर सपना राजबंशी, महिला अभियन्ता तथा कला केन्द्रका सल्लाहकार सुची चौधरी, गायक तथा संगीतकार प्रवाल्दिप बिश्वास, थारु मोडेल तथा कोशी हेल्थ कलेजका प्राध्यापक बिएन चौधरी, कानुनि सल्लाहाकार एवम अधिवक्ता मधुसुदन चौधरी, स्थानीय झुम्कामा थारु महिला उत्थान समाजकि अध्यक्ष सिता चौधरी, थारु महानायक परसुराम चौधरी, पत्रकार कुलदिप चौधरी रहेका थिए भने गाइघाटमा डीएन चौधरी, बिर्तामोडमा समाजसेवी पाण्डवलाल चौधरी र नेताचौकमा कला केन्द्रका सल्लाहकार गवन सिंह चौधरी र शिक्षक सुर्यनारायण चौधरी रहेका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu