गजल,,
देशको लागि एउटा सपूत मर्यो भन्दिनु,
आमा बगैचाको एक फुल झर्यो भन्दिनु,।
रुन्छिन् मेरी आमा सम्झाई दिनु उनलाई
छोरा भगवानकोमा बसाई सर्यो भन्दिनु,।
म मरे पनि यो मेरो देश सधैं बाँचिरहने छ,
युद्ध लड्दा गोलि छातीमा पर्यो भन्दिनु,।
हिमाल रुन नपरोस् पहाड झुक्न नपरोस्,
देश बचाउन खोज्दा सिमा तर्यो भन्दिनु,।
मेचीमहाकाली सुरक्षा गर्दागर्दै गोर्खालीले,
देशको लागि ठुलो योगदान गर्यो भन्दिनु,।
( बिजय तामाङ )
[मलेसिया]
