प्रधानमन्त्रीको सन्देश मैथली,भोजपुरीमा तर थारुमा किन गरेनन् ?

Sunday, 19 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी ,,
जनकपुर:=प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी सम्हालेको आज ६ महिना पुगेको अवसरमा बहुभाषामा सन्देश दिंदै सुशासन र विकासको आधारशीला तयार भएको दावी गरेका छन्।

शनिबार प्रदेश नम्बर २ काे प्रदेशसभामा सम्बाेधन गरेका प्रधानमन्त्री अाेलीले पहिलाेपटक देशभित्रका मातृ भाषा समेटेर बहुभाषामा अाफ्नाे सन्देश सार्वजनिक गरेका हुन्। उनले मैथली, भाेजपुरी, नेवारीसहित ५ भाषामा अाफ्नाे सन्देशलार्इ उल्लेख गरेका छन्। तर देशकै चाैथो ठूलो जनसंख्या भएको थारु भाषामा भने सन्देश प्रवाह गरेका छैनन्।

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो। यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ। यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ।’

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu