प्रदेश नं. ७ को राजधानी पहाडमा हुनुपर्छ :-थारु अगुवा

Tuesday, 14 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
कैलाली:=थारु इतिहासकार तथा पूर्व राज्यमन्त्री महेश चौधरीले प्रदेश नं. ७ को राजधानी भूगोलको आधारमा बनाउन सुझाव दिएका छन् । उनले राजधानी सबैले पायक पर्ने ठाँउमा हुनुपर्ने आग्रह गरे । सोमबार धनगढीमा थारु नागरिक समाजले आयोजना गरेको थारु अगुवाहरुसँगको छलफलमा उनले राजधानी दिपायल राखे तराई र अन्य पहाडी जिल्लालाई पायक पर्ने बताए ।

राजधानी पहाड भए पहाडको भौतिक विकाससँगै मानवीय विकसमा टेवा पुग्ने तर्क दिँदै उनले प्रदेश ७ को राजधानी अब धेरै बहस नगरी पहाडतिर लैजान थारु इतिहासकार थारुको आग्रह थियो ।
उनले आदिम कालमा थारुहरुले तराई जोगाए तर राज्यले मधेसको संज्ञा दिएको भन्दै आपत्ति जनाए । उनले विसं २०७२ सालमा भएको आन्दोलनले हालसम्म २६ जनालाई पुर्पक्षको लागि थुनामा राखेर सरकार गैरजिम्मेवारी बहन गरिरहेको आरोप लगाए ।
उनले भने ‘टीकापुर घटनाले सद्भाव होइन, भुसामा लागेको आगो दन्किने बेर छैन, तीन वर्षसम्म पुर्पक्षमा राखेर युवाहरुमा प्रतिरोधको भावना जगाउनु हो । विस्फोट हुँदा राज्यले थेग्नै नसकने क्षति हुन्छ ।’
छलफल कार्यक्रममा सांसद चुनकुमारी चौधरीले प्रदेश राजधानी र नमाकरणको विषयमा व्यापक छलफल पश्चातपनि प्रतिबेदन अधुरो भएकोले पुःन समय थप गर्नुपर्ने बताइन्। उनले सबाल सानो देखिए पनि काम भेग भएको कारण २९ गते पनि प्रतिबेदन बुझाउन नसक्ने जानकारी दिँदै सबैको बहसलाई मध्यनजर गर्दै सबैले पायक पर्ने ठाँउमा राजधानी राख्ने बताइन् ।

प्रदेश नं. ७ को राजधानी केन्द्रले नै टोक्छ

पछिल्लो समय प्रदेश राजधानी र नमाकरणको विषयमा व्यापक बहस भइरहेको छ । कोही भन्छन् राजधानी सबैले पाएक पर्ने स्थानमा हुन्छ, कोही अस्थायी राजधानी धनगढीमै हुनुपर्छ भन्ने तर्क र वितर्कमा चर्काचर्की बहस भइरहेको छ ।
यसै सन्दर्भमा प्रदेश नं. ७ का सांसद मालामति रानाले यहाँको राजधानी केन्द्रले नै तोक्ने बताइन्। उनले भनिन्, ‘प्रदेश ७ ले राजधानी तोक्ने र नमाकरण गर्नको लागि विशेष समिति गठन गरेको छ। तर रिमोर्ट केन्द्रको हातमा छ। केन्द्रले जे निर्णय गर्यो विशेष समितिले तालीमात्रै पडकाउने हो ।’
सांसद रानाले भनिन्, ‘हँचुवाको भरमा विशेष समिति बनेको छ, समितिका संयोजक निर्णयको एजेन्डा लिन एक्लै काठमाडौं जानु हुन्छ । तर समितिले बहस पुगेन भन्दै बारम्बार समय थप गरी आफ्नो बालपन देखाइरहेको छ।’

विशेष समितिभित्रका माननीयहरुले राजधानी र नमाकरण विभेदरहित बनाउने भाषण गर्छन्, तर कसैलाई अपमान गरी नाम दिँदा कसरी विभेदरहति हुन्छ भन्दै प्रतिप्रश्न गरिन् ।
थरुहट आन्दोलन राजधानी माग गर्नभन्दा पनि आफ्नो पहिचान र अधिकारको आन्दोलन थियो। तर राज्यले उनीहरुको माग सुनुवाई नगरी अहिले सद्भावको नाममा धनगढी राजधानी हुनुपर्छ भन्दै कुतर्क प्रस्तुत गरिरहेको छ । छलफल कार्यक्रममा थारु अगुवा, भल्मन्सा, बुद्धिजीवी पत्रकारहरुको उपस्थिति थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu